वीरगञ्ज नाकाबाट ६५९ पर्यटक नेपाल भित्रिए « Khabarhub

वीरगञ्ज नाकाबाट ६५९ पर्यटक नेपाल भित्रिए


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण कम भएसँगै नेपालबाट बाहिरिने भन्दा भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । 

पर्यटक प्रहरी कार्यालय वीरगञ्जका अनुसार सन् २०२२ को जनवरीदेखि सन् २०२३ को जनवरीसम्म यहाँबाट ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने पाँच सय पाँच जना विदेशी पर्यटक बाहिरिएका छन् ।

 हावापानी तथा घुमफिर गर्ने मौसमका दृष्टिकोण उपयुक्त मानिएको असोज, कात्तिक, मङ्सिर र पुसमा अन्य महिनाको तुलनामा पर्यटकको सङ्ख्या बढी रहेको पर्यटन प्रहरी कार्यालय वीरगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक अनिल कुमार महतोले जानकारी दिए। 

कार्यालयको तथ्याङक अनुसार पछिल्लो पुसमा मात्रै वीरगञ्ज नाकाबाट एक सय दुईजना विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने उए सय २४ जना बाहिरिएका छन् । भारतको विभिन्न सहर घुमेर वीरगञ्ज नाकाबाट नेपाल आउनेमा अमेरिका, फ्रान्स, थाइल्याण्ड, जर्मनी, युएसए र क्यानडाका पर्यटक बढी हुने महतोले बताए। 

यहाँ आउने पर्यटकलाई होटल, यातायातलगायतमा असुविधा वा ठगी हुन नदिन सचेतना जगाउनुको साथै दुर्घटनामा परी घाइते भएकालाई उपचार गराई परिवारजनको जिम्मा लगाउने काम पर्यटक प्रहरी कार्यालय वीरगञ्जले गर्दै आएको निरीक्षक महतोको भनाइ छ । 

भारतको रक्सौल हुँदै वीरगञ्ज नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटनलाई अध्यागमन कार्यालय वीरगञ्जले अनअराईबल भिसा दिने गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ६ : २३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको