जापानी प्रधानमन्त्रीद्वारा वरिष्ठ सहयोगी बर्खास्त « Khabarhub

जापानी प्रधानमन्त्रीद्वारा वरिष्ठ सहयोगी बर्खास्त


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानका प्रधानमन्त्रीले यौनिक अल्पसङ्ख्यकविरुद्ध टिप्पणी गर्ने वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले शनिबार यौनिक अल्पसङ्ख्यकहरूविरुद्ध भेदभावपूर्ण टिप्पणी गरेको भन्दै आफ्ना सचिव मासायोशी अराइलाई बर्खास्त गरेको बताएका हुन् ।

समलिङ्गी विवाहलाई वैधानिकता दिने विषयमा अराइले हालै व्यक्त गरेको टिप्पणीलाई आफूले गम्भीर रूपमा लिएको बताउँदै प्रधानमन्त्री किशिदाले सरकारको नीतिसँग पूर्णतया विरोधाभासपूर्ण र अक्षम्य अभिव्यक्ति दिएकाले उनलाई बर्खास्त गरिएको बताए । साथै उनले अराइको उत्तराधिकारी पनि चयन भइसकेको जानकारी दिए ।

प्रधानमन्त्रीको कार्यकारी सचिवको रूपमा कार्यरत अराइले अर्थ, व्यापार तथा उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले यौनिक अल्पसङ्ख्यक जोडीलाई हेर्न मन नलाग्ने र उनीहरूप्रति आफूलाई घृणा लागेको पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा बताएका थिए । उनले जापान समलिङ्गी विवाहको विपक्षमा हुनुपर्ने टिप्पणी पनि गरेका थिए । उनका टिप्पणी सञ्चारमाध्यमममा सार्वजनिक भएपछि शुक्रबार उनले क्षमा याचना गर्दै आफ्ना भनाइले प्रधानमन्त्रीको धारणा प्रतिविम्बित नगर्ने स्पष्ट गरेका थिए ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ६ : २३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण