रास्वपाको आकस्मिक बैठक जारी, प्रचण्डको प्रस्तावको विषयमा छलफल | Khabarhub Khabarhub

रास्वपाको आकस्मिक बैठक जारी, प्रचण्डको प्रस्तावको विषयमा छलफल


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक अहिले जारी छ। बैठकमा सरकारमा रहने वा नरहने भन्ने विषयका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको नयाँ प्रस्तावको विषयमा समेत छलफल भइरहेको छ ।

आज साँझ रास्वपाका सभापति रवि लामिछानेसँग भएको भेटावर्तामा प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन आग्रह गरेका थिए ।

यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो ।

रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ९ : ४७ बजे

बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा एक लाख ५० हजार सहभागी

काठमाडौं– बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा १ लाख ५० हजारभन्दा

जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात सञ्चालन गरिने

काठमाडौं– यही भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि सिर्जित

रास्वपा नेताको नेतृत्वमा जलाइएको थियो काभ्रेमा कांग्रेस-एमाले नेताहरूको घर

काभ्रे- गत सोमबार र मंगलबार भएको जेन-जीको आन्दोलनमा घुसपैठ भएको

नाइजेरियामा सशस्त्र समूहद्वारा १८ महिला र बालबालिका अपहरण

नाइजेरिया– नाइजेरियाको उत्तरपश्चिमी जामफारा राज्यमा रहेको एक गाउँमा शुक्रबार बिहान

डीबुटीलगायतबाट पौने छ करोड आम्दानी

गण्डकी– जडीबुटीलगायत स्थानीय स्रोत साधनको उपयोगबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना