बल्ल बन्यो ट्रमा सेन्टरको सिटी स्क्यान, आजदेखि सञ्चालनमा « Khabarhub

बल्ल बन्यो ट्रमा सेन्टरको सिटी स्क्यान, आजदेखि सञ्चालनमा


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको सिटी स्क्यान आज (मंगलबार) देखि संचालनमा आएको छ । लामो सयमदेखि विग्रिएको सिटी स्क्यान समयमा मर्मत नहुँदा ट्रमा सेन्टरका बिरामीले सास्ती भोग्दै आएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ करोड बजेट उपलब्ध गराएपछि ट्रमा सेन्टरको सिटी स्क्यान मर्मत गरिएको अस्पतालका प्रमुख प्रमोद यादवले जानकारी दिए ।

‘ट्रमाको सिटी स्क्यानको ट्युव बिग्रिएको ४ महिनाभन्दा बढी भइसकेको थियो, तर मर्मतका लागि धेरै खर्च लाग्ने भएकाले हामीले बनाउन सकेका थिएनौं,’ डा यादवले भने, ‘स्वास्थ्य मन्त्रालयमा सिटी स्क्यान मर्मतको लागि पहल गरेपछि मन्त्रालयले एक करोड उपलब्ध गरायो त्यसपछि हामीले सिटी स्क्यानको ट्युव फेरेर सिटी स्क्यान आजदेखि सञ्चालनमा ल्यायौं ।’

२०७२ सालको भूकम्प पछि सञ्चालमा आएको १६ स्लाइसको सिटी स्क्यान भारत सरकारको सहयोगमा जडान भएको थियो । यसअघि पनि ट्रमा सेन्टरको सिटी स्क्यान बिग्रिने र पटक पटक पुन: मर्मत गरी सञ्चालन गरिँदै आएको थियो ।

ट्रमा सेन्टरको सिटी स्क्यान विग्रिँदा बिरामीले सेवा लिनबाट बञ्चित भएपछि सो कुरा संसदमा समेत उठेको थियो ।

सिटी स्क्यानको ट्युव फेर्न ७० लाख लाग्ने बताइए पनि स्वास्थ्य मन्त्रालयले १ करोड बजेट छुट्याएर ट्रमा सेन्टरको सिटी स्क्यान मर्मत गरको हो ।

सिटी स्क्यान विग्रिदा ट्रमा सेन्टरमा आउने ३० देखि ४० जना बिरामीले दैनिक समस्या भोग्दै आएका थिए भने अस्पताललाई आन्तरिक श्रोतको दैनिक डेढलाख सम्म घाटा वेहोर्नुपरेको थियो ।


३ महिनादेखि बिग्रेको ट्रमा सेन्टरको सिटी स्क्यान अझै बनेन, अस्पताललाई दैनिक डेढ लाख घाटा

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ३ : १२ बजे

रास्वपा आकस्मिक रूपमा उत्पन्न भएको महत्त्वाकाङ्क्षी अराजक जमातहरूको अस्थायी गठजोड : बादल

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौं- सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग जोडिएका

सीमित स्रोतसाधनमा काम गर्न बाध्य : मधेसी आयोग

काठमाडौं– मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले मधेस प्रदेशका समस्या

जनतालाई न्याय दिन अध्यादेश ल्याएको हो : गणेश पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले

रास्वपा नेताको टिप्पणी : ‘ब्याज खाने राजनीति’ बाट जनता आजित थिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले