रास्वपालाई हिमेश पन्तको सुझाव- सरकार छोडे पनि नैतिकता नछाड्नू | Khabarhub Khabarhub

रास्वपालाई हिमेश पन्तको सुझाव- सरकार छोडे पनि नैतिकता नछाड्नू


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका कमेडियन हिमेश पन्तले सरकार छोडे पनि नैतिकता नछाड्न पार्टीलाई सुझाव दिएका छन् ।

शनिबार राती सामाजिक सञ्जालमार्फत उनले गृह मन्त्रालय छोड्न नमिल्ने बताएका छन्। आज गृहमन्त्री नदिनेले भोलि काम गर्न पनि नदिने उल्लेख गर्दै रास्वपाले अरु मन्त्रालय लिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह भएको टिप्पणी गरेका छन्।

‘आज गृहमन्त्री नदिनेले भोली काम गर्न पनि दिदैन। स्वतन्त्र पार्टीले अरु मन्त्रालय लिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो। बरु! सरकार छोड्नु, नैतिकता नछोड्नु,’ पन्तले लेखेका छन्।

उनी चुनावमा पराजित भएका थिए।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ७ : ११ बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का