विप्लव समूहका जिल्ला इञ्चार्ज मृत्यु प्रकरण : संसद बैठक बुधबारसम्मका लागि स्थगित « Khabarhub

विप्लव समूहका जिल्ला इञ्चार्ज मृत्यु प्रकरण : संसद बैठक बुधबारसम्मका लागि स्थगित


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउने विपक्षी दलको मागप्रति सत्तारुढ दल नेकपाले असहमति जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत दलले प्रहरीको गोली प्रहारबाट भएको पौडेलको मृत्यु प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै मंगलबार संसद बैठकमा अवरोध गरेका थिए ।

गृहमन्त्री रामबहादुर थापा (बादल)ले सर्लाही घटनाबारे संसदलाई जानकारी गराएपछि नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले रोस्टम घेराउ गरेका थिए ।

कांग्रेस र राजपाको अवरोधपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

१५ मिनेटका लागि बैठक स्थगित गरिएपछि सत्तारुढ दल नेकपासहित कांग्रेस र राजपाका प्रमुख सचेतकसँग संसद बैठक सञ्चालन गर्ने विषयमा छलफल गरेका थिए ।

छलफलमा नेपाली कांग्रेस र राजपाले संसदीय समिति गठन गर्नुपर्ने आफ्नो अडान नछाड्ने र नेकपाले त्यसमा सहमति जनाउन नसक्ने अडान दोहो¥याएपछि बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक बुधबार १ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयले सूचना टाँसेर बैठक ‘विशेष कारणवश’ बस्न नसक्ने भएकाले २५ गते बुधबार १ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।

सूचनामा भनिएको छ ‘आज मिति २०७६ साल असार २४ गते मंगलबार १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको प्रतिनिधिसभाको बैठक विशेषकारणवस बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले अर्को बैठक २०७६ साल असार २५ गते बुधबारको दिन १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जनकारीको लागि यो सूचना प्रकाशित गरिउको छ ।’

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ३ : २७ बजे

अमेरिका–इरान शान्ति वार्ता पहल जारी, पाकिस्तानी मन्त्री तेहरानमा

तेहरान – युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरानबीचको शान्ति वार्तालाई

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौं – म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ ।

लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु

सिरहा – यहाँको लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये

आईपीएल : गुजरातलाई कोलकाताले दियो २४८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

भक्तपुर – ‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज