रविको सांसद पद गुमेपछि आफू निर्वाचित भएको घोषणा गर्न चितवन-२ का उपविजेताको माग « Khabarhub

रविको सांसद पद गुमेपछि आफू निर्वाचित भएको घोषणा गर्न चितवन-२ का उपविजेताको माग


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रवि लामिछानेको सांसद पद गुमेसँगै आफूलाई निर्वाचित भएको घोषणा गर्न चितवन-२ का उपविजेताले माग गरेका छन् ।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेको नेपाली नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर भएपछि सो क्षेत्रका उपविजेता नेपाली कांग्रेसका उमेश श्रेष्ठले आफूलाई निर्वाचित घोषणा गर्न माग गरेका हुन् ।

१३ माघमा सर्वोच्च अदालतले लामिछानेको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर गर्दै उनलाई सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेको थियो ।

सोही आधारमा आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्रेष्ठले चितवन–२ बाट आफूलाई निर्वाचित भएको घोषणाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  २ : १० बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र