गौतमबुद्ध विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिन्छ : मन्त्री किराती | Khabarhub Khabarhub

गौतमबुद्ध विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिन्छ : मन्त्री किराती


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताएका छन् ।

सो विमानस्थलको निरीक्षणपछि उनले आफू काठमाडौँ पुुगेलगत्तै यस विषयमा पहल गर्ने जानकारी दिएका हुन् । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक जहाज यहाँ किन आएका छैनन् भन्ने विषयमा आफूले छलफल गर्ने र उडान थाल्ने आश्वासन दिएका हुन् ।

नेपाल एयरलाइन्स मात्र नभइ अन्य विमानसेवाको उडानका लागि पनि आफूले पहल गरिरहेको उनको भनाइ थियो । श्रीलङ्का भ्रमणमा गएकी परराष्ट्रमन्त्रीमार्फत कोलम्बो–भैरहवा–कोलम्बो उडानका लागि पनि पहल गरिएको मन्त्री किरातीले जानकारी दिए । प्रधानमन्त्रीको भारत भ्रमणका बेला आइएलएस, रुट परमिट, दिल्ली–भैरहवा उडानलगायत विषयमा भारतको सहयोगसम्बन्धी एजेण्डालाई पहिलो प्राथमिकतामा राखी पहल गरिने उनको भनाइ थियोे ।

मन्त्री किरातीले यस विमानस्थल सञ्चालनका लागि कूटनीतिक र प्राविधिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै विमानस्थल सञ्चालनका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने पनि बताए ।

यस विमानस्थलमा नियमित उडान गरेको जजिरा र हिमालय एयरलायन्सले मौसम खराबीको कारण देखाउँदै गत पुसमा उडान रोकेका थिए । नेपाल र चीनका निजी क्षेत्रको संयुक्त लगानी रहेको हिमालयन एयरलायन्सले गत पुस १ र जजिराले पुस ६ गतेदेखि उडान रोकेका हुन् ।

विमानस्थलमा हालसम्म एक सय ५४ अन्तर्राष्ट्रिय उडान र त्यत्तिकै सङ्ख्यामा अवतरण भएका थिए । सो अवधिमा ३२ हजार यात्रुले सेवा लिएको विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ३ : १० बजे

‘अर्ग्यानिक’का नाममा आयातीत शून्यवाद

गत वर्ष कात्तिकमा मोरङ, केराबारी गाउँपालिकाका केही साथीहरुले स्वतन्त्र नागरिक

विश्वकीर्तिमानी पर्वतारोहीलाई पञ्चेबाजासहित विमानस्थलमा स्वागत (तस्बिरहरू)

काठमाडौं– छिमेकी राष्ट्र चीनमा अवस्थित ८ हजार २७ मिटर अग्लो

खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने

काठमाडौं– यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन

काठमाडौं– हरेक वर्ष दशैंको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन

टीकाको तेस्रो दिन काठमाडौँ उपत्यकामा चहलपहल बढ्दै

काठमाडौं– काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन