कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवाको सफल सुरुवात « Khabarhub

कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवाको सफल सुरुवात


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेश अस्पताल सुर्खेतले पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सफल भएको जनाएको छ । नवलपरासीका बर्दघाट नगरपालिका–४ का युवक २२ वर्षीय युवाले ४३ वर्षीया आमालाई आफ्नो मिर्गौला दिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।

अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शल्यक्रिया गर्ने टोली आएको थियो ।

टोलीमा प्रत्यारोपण केन्द्रका शल्य चिकित्सक डा. रविकिरण गौतम, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. शोभित थापा, डा. रस्मित श्रेष्ठ, नेफ्रोलोजिष्ट डा. सुमित आचार्य, डा. दीपा लामिछाने, रेडियोलाजिष्ट डा. समीर दवाडी रहेको प्रदेश अस्पतालका निर्देशक डा. खड्काले जानकारी दिए ।

खड्काको नेतृत्वमा सल्यचिकित्सक डा गणेश थापा, डा विकास खड्का, एनेस्थेसियोलोजिष्ट डा.  पूजन बल्ल, डा जेनी बज्राचार्य, फिजिसियन डा कुलराज शाही, अपरेसन थिएटरका इन्चार्ज प्रभा रावल लगायतको टोली सहभागी भएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ५ : ५५ बजे

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा