सदनमा उठेका विषय र प्रतिबद्धताप्रति सरकार जवाफदेही बन्नुपर्छ : सीके राउत « Khabarhub

सदनमा उठेका विषय र प्रतिबद्धताप्रति सरकार जवाफदेही बन्नुपर्छ : सीके राउत


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले सदनमा उठेका विषय र प्रतिबद्धताप्रति सरकार जवाफदेही बन्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सदनमा बोलका कुराले अर्थ र महत्व राख्छ भन्दै सरकारले संसदमा उठेका विषयलाई सम्बोधन गर्न के कस्ता पाइला चाल्यो भन्ने प्रश्न राखे ।

उनले भने, “लाखौँ मेट्रिक्टन मल आएको जानकारी दिए पनि किसानले पाइरहेको छैन । कालाबजारी र वितरण प्रणाली सुधारमा के काम भयो ? सदनमा हामी बोलि नै रहेका हुन्छौँ । सदनमा उठेको विषयको जवाफ र कारबाही भए नभएकाबारे जानकारी हुनुपर्छ ।” उनले नागरिकता प्रदान गर्ने प्रतिबद्धताका विषयमा प्रश्न गरे ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले सदनमा राष्ट्रिय महत्वका विषयमा आवाज उठाउन सबै सदस्यका लागि निश्चित समय तोक्नपर्ने बताए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नेपालको विद्युत् सस्तो मूल्यमा भारतलाई बेच्ने र महँगो मूल्यमा विद्युत् खरिद गर्ने परम्पराको अन्त्य गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सूचना लुकाउनेमाथि कारबाही हुनुपर्ने बताए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ६ : ०६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना