सदनमा उठेका विषय र प्रतिबद्धताप्रति सरकार जवाफदेही बन्नुपर्छ : सीके राउत « Khabarhub

सदनमा उठेका विषय र प्रतिबद्धताप्रति सरकार जवाफदेही बन्नुपर्छ : सीके राउत


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले सदनमा उठेका विषय र प्रतिबद्धताप्रति सरकार जवाफदेही बन्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सदनमा बोलका कुराले अर्थ र महत्व राख्छ भन्दै सरकारले संसदमा उठेका विषयलाई सम्बोधन गर्न के कस्ता पाइला चाल्यो भन्ने प्रश्न राखे ।

उनले भने, “लाखौँ मेट्रिक्टन मल आएको जानकारी दिए पनि किसानले पाइरहेको छैन । कालाबजारी र वितरण प्रणाली सुधारमा के काम भयो ? सदनमा हामी बोलि नै रहेका हुन्छौँ । सदनमा उठेको विषयको जवाफ र कारबाही भए नभएकाबारे जानकारी हुनुपर्छ ।” उनले नागरिकता प्रदान गर्ने प्रतिबद्धताका विषयमा प्रश्न गरे ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले सदनमा राष्ट्रिय महत्वका विषयमा आवाज उठाउन सबै सदस्यका लागि निश्चित समय तोक्नपर्ने बताए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नेपालको विद्युत् सस्तो मूल्यमा भारतलाई बेच्ने र महँगो मूल्यमा विद्युत् खरिद गर्ने परम्पराको अन्त्य गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सूचना लुकाउनेमाथि कारबाही हुनुपर्ने बताए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ६ : ०६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।