शूल्कवृद्धि तत्काल खारेज गर्न अनेरास्ववियूको माग « Khabarhub

शूल्कवृद्धि तत्काल खारेज गर्न अनेरास्ववियूको माग


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धिप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।

अनेरास्ववियूले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धि तत्काल खारेज गर्न माग गरेको हो ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अनेरास्ववियूका कार्यबहाक संयोजक रञ्जित तामाङले बुझाउनु भएको ज्ञापन पत्रमा कक्षा १२ सम्म भर्ना भएका विद्यार्थी मध्ये २० प्रतिशतलाई निःशुल्क अध्ययन गर्न पाउने गरी छात्रवृत्तिको व्यवस्था सुनिश्चित गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइएको छ ।

कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क तत्काल खारेज गर्न सरकारसँग माग गरिएको अनेरास्ववियूका कार्यबहाक संयोजक तामाङले जानकारी दिए ।  उनले स्थानीय तहले विद्यालय तहको छात्रवृत्ति वितरणमा विभेद गरेको पाइएको उल्लेख गर्दै त्यसलाई सच्याउन पनि सरकारसँग आग्रह गरिएको बताए । ज्ञापन पत्रमा विश्वविद्यालयको पदाधिकारी नियुक्ति पनि खुला प्रतिस्पर्धाको आधारमा गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई दवाव दिइएको छ ।

मन्त्री पोखरेलले पनि विद्यालय तह तथा विश्वविद्यालयमा देखिएको कमजोरीलाई सच्याउँदै अघि बढने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले शिक्षालयहरुमा देखिएको समस्या समाधानका लागि सरकारले आवश्यक ऐन, कानुनलाई पनि निर्माण गर्दै अघि बढने योजना रहेको बताए ।

मन्त्री पोखरेलले स्थानीय तहमा देखिएको शिक्षा सम्बन्धी समस्या पनि स्थानीय तहसँगै सहकार्य गरेर समाधान गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ४ : ४३ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको