साना उद्योग जोगाउन सके १७ लाख रोजगार हुन्छन् | Khabarhub Khabarhub

साना उद्योग जोगाउन सके १७ लाख रोजगार हुन्छन्

राष्ट्र बैंकको नियम सबैले इमान्दार भएर कार्यान्वयन गर्नुपर्छ


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

 

देशमा व्याप्त बेरोजगारीका कारणले लाखौं युवा विदेश जान बाध्य छन्। स्वदेशमै केही उद्यमशीलता गरौँ भन्ने युवाको निमित्त धेरै अप्ठ्यारा र समस्या छन्। जसका कारणले गर्दा प्रेमप्रसाद आचार्य जिउँदै जलेर मर्न बाध्य भए। आखिर देशमै उद्यमशीलता गर्न खोज्नेका निमित्त जताततै अप्ठ्यारा मात्र छन्? के सहजता कतै छैन ? यदि त्यस्तै हो भने यो समस्या समाधानका लागि के गर्न सकिन्छ ? यी र यस्तै विषयमा आधारित रहेर अभियन्ता तथा उद्यमी प्रकृति मैनालीसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

अहिले स्वदेशमै केही उद्यमशीलता गरौँ भन्ने युवा मर्नु पर्ने अवस्था छ। साँच्चै देशको परिस्थिति त्यही हो ?
आत्मदाह भनेर अहिले सामाजिक सञ्जालमा हामी जति देखिरहेका छौँ। यो साँच्चै काठमाडौंमा नभएर काठमाडौं बाहिर भएको भए यसले साँच्चै यति नै ठूलो आवाज निकाल्थ्यो त ? यो एउटा गम्भीर प्रश्न हो। हामी संघीयतामा गइसक्दा पनि केन्द्र भनेको काठमाडौं नै भएको छ। यस्ता घटना काठमाडौं बाहिर धेरै छन्। पछिल्लो समय बैंकको उच्च ब्याजदरले धेरैलाई पिरोलेको छ। हाम्रो मानसिकता नै ठूलाले सानालाई खानु पर्दछ भन्ने छ। ९० प्रतिशत साना उद्योगले ७० प्रतिशत रोजगारी सिर्जना गरेका छन्। सानो चिजलाई स्याहार भएन भने त्यो ठूलो हुने सम्भावना नै हुँदैन। हामी आयातमा मात्र लागि परेका छौँ। प्रेमप्रसादजी यही देशमा केही गर्छु भनेर उदाएको उद्यमीले देशमा कति चुनौतीको सामना गर्नु पर्दछ भनेर भनेर लेख्नु भएको सबैले पढेका छौं। उहाँलाई त्यो अवस्थामा पुर्याउन सरकारले पनि केही न केही भूमिका खेलेको छ।

यस्तो समस्या तपाईंहरूले पनि भोग्नु भएको छ ?
छ। तर त्यसलाई कति मात्रामा लिने भन्ने कुरा व्यक्तिमा फरक पर्छ। एउटा व्यक्ति कति मात्रामा महत्वाकांक्षी बन्ने भन्ने कुरामा भर पर्दछ।

उद्यम गर्न खोज्ने सबै यही परिस्थिति भोग्न बाध्य छन् ?
हिजो हामी पत्रपत्रिका भारतमा कृषकले मूल्य नपाएर आत्महत्या गरेको सुन्थ्यौं। नेपालमा पनि त्यस्तै थियो। यो संसद् भन्दा अगाडि आएर भएको हुँदा यो धेरै ठूलो घटना भएको जस्तो मानिएको छ। एउटा सामान्य उद्योग गर्न बैंकले लोन दिन धितो नराखी दिँदैन। दिएपछि पनि फोन कति हो कति। संसारमा जहाँ पनि सडक व्यापार हुन्छ। बाटोमा बेच्नेलाई पनि नियमन गरेर कसरी व्यवस्थापन गर्ने भनेर सोच्ने हो। राज्यबाट कसैको रोजीरोटी खोस्नु हुँदैन। राज्य भनेको त अभिभावक हो। बजार भनेको माग र पूर्ति हो। यहाँ पूर्तिको संयन्त्रमा एकदमै ठूलो भ्रष्टाचार भयो। भाटभटेनीले ४० प्रतिशतसम्म कमिसन राख्छ। नेपाल सरकारले नै २० प्रतिशत भन्दा बढी त नाफा खान पाइँदैन भनेको छ। त्यो बेतिथिको बारेमा कसले बोल्ने ? बजारीकरणको हिसाबले ठूला स्टोरमा राख्दा फाइदा हुन्छ मान्छेमा एउटा ब्रान्ड भन्ने हुन्छ। तर नाफाको कुरामा त्यो घाटा मात्र हुन्छ। खाली त्यो डिस्प्लेमा सामान बस्छ भनेर मात्र दिनुपर्दछ र त्यो पैसा पनि तीन वा चार महिनामा आउँछ। एउटा सानो उद्योगले आफैंले थोरै पुँजी लगानी गरेर गर्नु पर्दछ। हरेक महिना काम गर्नेलाई तलब दिनु पर्दछ। नेपालले साना उद्योगीलाई ठूलो हुन दिने कतैबाट त्यस्तो सम्भावना सिर्जना गर्ने अवस्था छैन।

अन्तर्राष्ट्रिय उद्यमशीलतामा र नेपालको उद्यमशीलतामा के परक पाउनु भयो ?
उद्यमीले सुरुमा सरसापट गरेर सुरु गरे पनि त्यसलाई अलिमाथि लैजाऊ भन्दा वित्तीय संस्थामा नै ठोक्किन पुग्छ। महिलाको नाममा सम्पत्ति नहुने हुँदा धितो राख्न पनि केही नहुने अवस्था थियो। अहिले महिलाको नाममा पनि केही प्रतिशत मालपोतमा अलिकति छुट गरेर महिलाको नाममा सम्पत्ति बनाउने प्रचलन केही बढेको छ। त्यो राखेर उद्योग गर्दा फेरि महिलालाई नपत्याउने हुँदा महिलाले हरेक पाइला पाइलामा विभेद भोग्नु परेको छ। पाँचदेखि ६ प्रतिशतको ब्याजदरमा महिला सहुलियत लोन एउटा भनेर सम्झौता भएको हुन्छ। केही समयपछि त्यो कहाँ कहाँ पुगेको हुन्छ र हरेक महिना त्यो सानो उद्यमीले ब्याजदर हेरेको हुँदैन। अन्त्यमा हेर्दा ब्याजदर आकाश छुने भइसकेको हुन्छ। अन्तर्राष्ट्रिय रूपमा दुई तीन प्रतिशतमा ब्याज हुन्छ।

समस्याको समाधान गर्ने उपाय के होला ?
साना उद्योग भनेको एउटा स्वरोजगारको बाटो बन्न सक्छ। हाम्रोमा नियम राम्रो छ। राष्ट्र बैंकले यत्ति प्रतिशत कृषिमा, उद्योगमा पुँजी लगाउनु पर्दछ भनेको छ। तर त्यो कार्यान्वयन छैन। बैंक भनेको जमिनदार उद्योगपतिको मात्र हो जस्तो भयो। राष्ट्र बैंकले बनाएको नियम सबैले इमानदार भएर कार्यान्वयन गर्नु पर्दछ।

साना व्यवसायीलाई जोगाउन कसले के गर्नु पर्ला ?
बच्चालाई जोगाउन सुनौला हजार दिन अभियान नै छ। यस्तै उद्योगीको लागि हेरचाह गर्नु पर्दछ। अर्थशास्त्र र समाजका हरेक कुराबाट साना उद्योगीलाई बचाउनु पर्दछ। साना उद्योगीलाई हामीले बचाउन सक्यौँ भने साना उद्योगले लगभग १७ लाख रोजगारी सिर्जना गरेको छ। सरकारले आर्थिक विकल्प दिनुपर्यो, अहिले सम्बन्धित क्षेत्रका विज्ञ सम्बन्धित क्षेत्रमा नै छन्।

तपाईंले खेर गएका प्लास्टिकबाट बनेका ब्याग बनाएर अन्तर्राष्ट्रिय बजारमा पुर्याउनु भएको छ। यसको अनुभव भनिदिनु हुन्छ कि ?
सन् २०१४ मा एमबीए पढाइपछि शक्ति मिलन नेपाल प्राइभेट लिमिटेड कम्पनी खडा भयो। यो कम्पनीले महिलालाई आर्थिक रुपमा सबल बनाउने उद्देश्य लिएको थियो। हामीले नयाँ कच्च पदार्थमा लगानी गर्न सक्ने अवस्था नभएकाले उत्पादनको क्षेत्रमा फालेको र खेर गएको चामलको बोराबाट ब्यागहरू उत्पादन गर्न थाल्यौँ। यसरी बनाएका ब्याग हामीले अमेरिका, जर्मनी जस्ता देशमा निर्यात गर्न सफल भएका थियौँ। कोभिडपछि जसलाई सामान पठाउँथ्यौँ त्यो बन्द भयो। यसले एउटा चुनौती थपियो। मान्छेमा पनि फलेको चिजबाट बनेको भन्ने मान्यता छ। नेपाली बजारले यो अपनाउन केही समय लाग्छ। भ्याटमा गएपछि एक दिन ढिलो हुँदा एक हजार रुपैयाँ तिर्नुपर्छ। यहाँ उद्याम गरेर खान धेरै समस्या छ। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  १ : ११ बजे

जिप्रका पर्साद्वारा भाडाका सटर खाली गर्न निर्देशन

वीरगञ्ज–  जिल्ला प्रशासन कार्यालय पर्साको प्रवेशद्वारमा सेवाग्राही मर्कामा परेसँगै भाडाका

कारागार र हिरासत कक्ष सुधार गर्नुपर्ने सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशभित्रका काराकार तथा प्रहरी

पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु

पेशावर– पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा

निकुञ्ज आउने पर्यटक घटे

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या गत वर्षको

धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द

महेन्द्रनगर– बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै संस्थागत विद्यालयका सञ्चालकहरूले आज पनि