चन्द्रनगरमा बालिका सम्मेलन हुने « Khabarhub

चन्द्रनगरमा बालिका सम्मेलन हुने


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सर्लाही– चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने भएको छ । वडा नं ७ स्थित नाढीमन ताल परिसरमा आगामी फागुन २० गते बालिका सम्मेलन आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

 उनका अनुसार सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै नेपालका बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान गर्न बालिका सम्मेलन २०७९ आयोजना गर्न लागिएको हो ।

बालिका सम्मेलन २०७९ मा पालिका, जिल्ला, प्रदेश र राष्ट्रियस्तरको बहुक्षेत्रीय सरोकारवालाको सहभागिता तथा तीनवटै तहका बालविवाह, दाइजो र शिक्षासम्बन्धी सवाल केन्द्रित प्राविधिक संवाद सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । 

 ‘बालविवाह र दाइजोविरुद्धका योद्धालाई सम्मान, प्रत्येक विद्यालयमा बालविवाहको अन्त्य विषयक’ वक्तृत्वकला प्रतियोगिता र उत्कृष्ट आर्ट पेन्टिङको प्रदर्शनी, पालिका र जिल्लास्तरमा बालविवाहको अन्त्यका लागि भएका सकारात्मक प्रयास, प्रगति र चुनौती एवं विकासका साझेदार, बालअधिकारकर्मी, प्रदेश सरकार तथा संघीय सरकारले गरेका पहल र आगामी कार्यदिशा लगायतका विषयमा विभिन्न प्राविधिक वैज्ञानिक सत्रलाई सम्मेलनको मुख्य आकर्षणका रुपमा प्रस्तुत गरिने पालिकाले जनाएको छ ।

मधेस प्रदेशमा बालविवाह र दाइजो प्रथा विकृतिका रुपमा रहेको छ । त्यसका कारण घरेलु हिंसाका घटना अत्यधिक हुने गरेका सरोकारवाला निकायले तयार पारेको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  २ : १८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल