पूर्वाधारका क्षेत्रमा लगानी गर्ने विषयमा छलफल « Khabarhub

पूर्वाधारका क्षेत्रमा लगानी गर्ने विषयमा छलफल


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र एशियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकबीच नेपालमा पूर्वाधारका क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको छ । 

बैंकले पूर्वाधारको क्षेत्रमा लगानी गर्न चासो देखाएपछि छलफल गरिएको मन्त्रालयले जनाएको छ । बैंकका प्रतिनिधिले उपयुक्त परियोजनाको छनोट गरेर लगानी गर्ने बताएका छन् । 

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले बैंकको अनुदानमा पूर्वाधार निर्माणको सम्भावनाका विषयमा जिज्ञासा राखेका थिए। उनले बैंकका प्रतिनिधिसमक्ष सरकारको लक्षित योजनामा लगानी गर्न आग्रह गरेका थिए ।

बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, सहसचिव शिव नेपाललगायतको  सहभागिता रहेको थियो । 

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ३ : १२ बजे

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति