विश्वमा लडाकु ड्रोन निर्यात गर्ने सबैभन्दा ठूलो मुलुक बन्यो चीन | Khabarhub Khabarhub

विश्वमा लडाकु ड्रोन निर्यात गर्ने सबैभन्दा ठूलो मुलुक बन्यो चीन


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीन लडाकु ड्रोन निर्यात गर्ने सबैभन्दा ठूलो मुलुक बन्न पुगेको छ । चीनले साउदी अरब, म्यान्मार, इराक, इथियोपियाजस्ता मुलुकलाई लडाकु ड्रोन निर्यात गर्दै अएको छ ।

पछिल्लो समय साउदी अरबले पनि यमनमा जारी युद्धका क्रममा चीनमा निर्मित ड्रोन प्रयोग गर्न थालेको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

त्यसैगरी इराकी सुरक्षा अधिकारीहरुले पनि आतंकवादी संगठन इस्लामिक स्टेटका लडाकुलाई निशाना बनाउन चिनियाँ ड्रोनको प्रयोग गर्ने गरेको जनाएका छन् ।

यसबाहेक म्यान्मारमा शासन गरिरहेको सैनिक सरकारले पनि विद्रोहीलाई निशाना बनाउन चीनमा निर्मित ड्रोनको प्रयोग गर्दै आएको छ ।

गृहयुद्ध झेलिरहेको अफ्रिकी मुलुक इथियोपियामा चिनियाँ ड्रोनको प्रयोग बढिरहेको अल जजीराले उल्लेख गरेको छ ।

यसैगरी, मोरक्को, इजिप्ट, अल्जेरिया, युएई, पाकिस्तान सर्बियाजस्ता मुलुकले पनि चिनियाँ ड्रोन खरिद गरेका छन् ।

विश्वव्यापी हतियारको तथ्यांक राख्ने स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट सिप्रीले पछिल्लो दशकमा चीनले १७ मुलुकलाई २ सय ८२ लडाकु ड्रोन निर्यात गरेको जनाएको छ । यसको तुलनामा अमेरिकाले सोही अवधिमा केबल १२ लडाकु ड्रोन अर्को देशलाई निर्यात गरेको छ ।

लडाकु ड्रोन निर्यातमा चीनले उछिनेपछि निगारानी गर्ने ड्रोनको निर्यातमा भने अमेरिका अझै शीर्ष स्थानमा रहेको सिप्रीले उल्लेख गरेको छ ।

चीनले हालसम्म कुनै सैनिक कारवाहीका क्रममा लडाकु ड्रोनको प्रयोग नगरेको भएपनि गत सेप्टेम्बर महिनामा ताइवानी जलक्षेत्र आसपास चीनले सैन्य अभ्यास गर्दा लडाकु ड्रोन तैनाथ गरेको थियो ।

अन्तर्राष्ट्रिय सैन्य विश्लेषकहरु भने कुनै पनि युद्धको अवस्थामा चीनले ठूलो सङ्ख्यामा ड्रोनको प्रयोग गर्ने बताउँछन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ७ : ५२ बजे

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि