आयातित तरकारीमा विषादी परीक्षण नगर्नु जनस्वास्थ्य ऐन विपरित : चिकित्सक संघ « Khabarhub

आयातित तरकारीमा विषादी परीक्षण नगर्नु जनस्वास्थ्य ऐन विपरित : चिकित्सक संघ


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेशबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्ने निर्णय नै फिर्ता लिएर सरकारले जनस्वास्थ्यमा खेलवाड गरेको भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

संघले मंगलबार विज्ञप्ती जारी गर्दै नेपालीहरुले दैनिक प्रयोग गर्ने तरकारी तथा फलफूलको विषदी परीक्षण गर्ने निर्णयलाई कार्यान्वयन गर्नुको सट्टा मन्त्रिपरिषद्बाटै निर्णय फिर्ता लिनु जनस्वास्थ्य ऐन विपरित भएको जनाएको हो ।

जनस्वास्थ्य सेवा ऐन २०७५ मा उपभोग्य वस्तुको गुणस्तरका लागि उत्पादन, भण्डारण तथा विक्री वितरणलाई गुणस्तर र स्वस्थ बनाइने भनिएको छ । मानव स्वास्थ्यमा गम्भिर असर पुग्ने अत्यावश्यक सामाग्रीको गुणस्तर परीक्षणमा सरकार जिम्मेवार हुनुपर्नेमा विषादी परीक्षण गर्ने निर्णय नै फिर्ता लिइ जनताको विश्वास र आशामा सरकारले कुठाराघात गरेको संघको आरोप छ ।

विषादीयुक्त फलफूल तथा तरकारीको सेवनले मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर पर्ने संघको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विषादीयुक्त तरकारी सेवनबाट मानिसमा मानसिक असन्तुलन, श्वासप्रश्वासमा समस्या, झाडापखाला, पिसावमा समस्या तथा छालामा तत्काल संक्रमण देखिन्छ ।

यस्तै नियमिरुपमा विषादी मिसाइएको तरकारी तथा फलफूल सेवन गर्दा मुटु, कलेजो, मिर्गौलामा गम्भिर असर पर्ने तथा क्यान्सर समेत हुनसक्ने संघको भनाइ छ ।

विषादीयुक्त फलफूल तथा तरकारीले बाँझोपन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरु समेत निम्त्याउने भन्दै नेपालीको स्वस्थ ई बाँच्न पाउने र गुणस्तयुक्त उपभोग्य वस्तुको सेवन गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न संघले माग राखेको छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ८ : ३१ बजे

मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती

जनकपुरधाम– दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती पुगेको

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव

लघुवित्त पीडित आज पनि धर्नामा (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितहरूले आज बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा

कप्तानगञ्ज तनाव साम्य बन्दै, छानबिन टोली घटनास्थलमा

काठमाडौं– सुनसरीको कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि उत्पन्न भएको तनाव अहिले साम्य