राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण | Khabarhub Khabarhub

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

महिला सांसद्को भूमिका प्रभावकारी बनाउने पहिलो निर्णय


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै संघीय संसद् सचिवालयमा पुगेर उपाध्यक्ष अर्यालले पदभार ग्रहण गरेकी हुन्।

उपाध्यक्ष अर्यालले हस्ताक्षर गरेको पहिलो निर्णयमा संघीय संसदमा महिला सदस्यका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने उल्लेख छ।

अर्यालले केही बेर अगाडि शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

संघीय संसद् सचिवालयमा पदभार ग्रहण गर्दै राष्ट्रिय सभाकी उपाध्य उर्मिला अर्याल। तस्बिर : संघीय संसद सचिवालय

 

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १२ : १५ बजे

एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त

तनहुँ– गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडक

चीन, मेक्सिको र क्यानडाका सामानमा थप कर लगाउने ट्रम्पको निर्णय

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन देशबाट आयात हुने

गुणस्तरीय कृषि औजारको मापदण्ड बनाउन छलफल

काठमाडौं– गुणस्तरीय कृषि औजारको मापदण्ड बनाउन एशिया प्रशान्त क्षेत्रका देशको

२७ लाखको लगानीमा बनेको हाटबजार प्रयोग विहीन

नवलपरासी– पश्चिम नवलपरासीको सरावल गाउँपालिका– ३ स्थित भिमटाणीमा लुम्बिनी प्रदेश

बागलुङमा साढे २६ करोडको सुन्तला बिक्री

बागलुङ– यस वर्ष बागलुङमा २६ करोड ४६ लाख ५४ हजार