निर्मम समीक्षा गरेर अघि बढ्छौं- रास्वपा नेता झा « Khabarhub

निर्मम समीक्षा गरेर अघि बढ्छौं- रास्वपा नेता झा


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन् ।

उनले निर्वाचनपछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एकछिन विश्राम नगरी निकै तीव्र गतिमा कार्यसम्पादन गरेको दलले निष्कर्ष निकालेको बताए ।

नेता झाले भने, “पार्टी जहाँ छ, हामी जे अवस्थामा छौँ, त्योप्रति सबैको स्वीकारोक्ति छ, सबैले स्वामित्व लिएका छौँ । हामी सबै ठीक ठाउँमै छौँ ।” पार्टी अध्यक्ष रवि लामिछानेले समसामयिक विषयमा दिएको अभिव्यक्तिप्रति सबै सदस्यको ऐक्यवद्धता र पूर्ण समर्थन रहेको उनको भनाइ छ । सांसद झाले राजनीति, निजी क्षेत्र, नागरिक समाजले जस्तै मिडियाबाट पनि आफ्नो जिम्मेवारी र भूमिकाको आत्मसमीक्षा जरुरी भएको दलको धारणा रहेको बताए ।

मिडियाले राष्ट्रियता, सार्वभौम, सुरक्षा, संविधानपालना गराउने जस्ता विषयमा अन्तरनिहित स्वार्थ स्वभाविक भए पनि कुनै व्यक्ति र दल विशेषलाई निशाना बनाउन खोज्नुहुन्न भन्ने रास्वपाको मत रहेको उनले उल्लेख गरे ।

अनुसन्धानकर्तासमेत रहेका झाले भने, “सात महिनाको अवधिमा जुन क्षमता, दक्षता, रणनीति लिएर राष्ट्रिय दलको भूमिकामा पुगिएको छ, अबको गन्तव्य भनेको बाचापत्रमा लेखिएका विषय सङ्गठनलाई बलियो बनाएर कार्यन्वयनमा लगिनेछ ।”

युवा पुस्ताले राजनीतिक दललाई कसरी सञ्चालन गर्न सक्छन् भनी उदाहरण प्रस्तुत गर्ने अठोट व्यक्त गर्दै उनले भने, “पछिल्लो पत्रकार सम्मेलन अर्को कार्यदिशामा हिँड्नका लागि टर्निङ प्वाइन्ट हो ।”

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १ : २६ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका