देउवालाई विपक्षी दलका नेताको सुविधा नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता « Khabarhub

देउवालाई विपक्षी दलका नेताको सुविधा नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

यसअघिको दरपीठको आदेश बदर गरी सर्वोच्च अदालतले रिट दर्ता गरेको हो । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले दरपीठको आदेश बदर गरी उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् । सो आदेशसँगै रिट दर्ता भएको छ । उक्त रिटमा भोलि बुधबारका लागि पेसी तोकिएको छ ।

अधिवक्ता विमलप्रसाद पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गर्दै संघीय संसद सचिवालयविरुद्ध रिट दर्ता गरेका हुन् ।

सरकारलाई समर्थन गर्न दल विपक्षी हुन नसक्ने जिकीरसहित अधिवक्ता पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा कांग्रेसले पनि दिएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ४ : ०३ बजे

घलेगाउँ सांस्कृति भवनको उद्घाटन गर्दै प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट

तनहुँमा ८ हजार ३६६ मतदाता थपिए

तनहुँ– तनहुँ जिल्लामा आठ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्

सडक मापदण्डभित्रका बासिन्दालाई क्षतिपूर्ति दिइँदै

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक क्षेत्रका स्थानीयलाई क्षतिपूर्तिबापतको रकम

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

रुपन्देही– भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२–८३ को पहिलो

प्रिमियर लिग : बर्नलीलाई हराउँदै चेल्सी तालिकाको दोस्रो स्थानमा

काठमाडौं – प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा बर्नलीलाई