संविधानले सङ्घीय शासन प्रणालीलाई संस्थागत गरेको छ : प्रदेश प्रमुख खापुङ | Khabarhub Khabarhub

संविधानले सङ्घीय शासन प्रणालीलाई संस्थागत गरेको छ : प्रदेश प्रमुख खापुङ


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानले लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीय शासन प्रणालीलाई संस्थागत गरेको बताएका छन् । नेपालको संविधानको धारा १८४ बमोजिम प्रदेश प्रमुख खापुङले प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनलाई आज सम्बोधन गर्दै उनले संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई सुनिश्चित गरेको बताए ।

प्रमुख खापुङले पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, सुशासन, कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मन्यतामा आधारित रही समृद्ध राष्ट्र निर्माण गर्ने अङ्गीकार गरेको उल्लेख गरे । संविधानले सङ्घ, प्रदेश र स्थानीय तहसमेत तीन तहमा स्थापित सरकारबीच राज्य शक्ति र अधिकारको बाँडफाँट स्पष्ट गरेको उल्लेख गर्दै उनले नेपालको सङ्घीय शासन प्रणालीको अभ्यासको आरम्भ हुँदै गर्दा प्रदेशसभा, प्रदेशका नागरिकको आवाज मुखरित गर्ने विश्वसनीय थलोको रुपमा विकसित भइरहेको धारणा राख्दै सङ्घीयता लोकतन्त्र र गणतन्त्रप्रति जनभरोसा बढाउने कार्यमा प्रदेश सरकार लाग्नुपर्ने बताए ।

पहिलो प्रदेशसभाले सफलतापूर्वक आफ्नो पूर्ण कार्यकाल पूरा गरेकोमा धन्यवाद दिँदै प्रदेश प्रमुख खापुङले पहिलो कार्यकालको अवधिमा प्रदेशसभा र प्रदेश सरकारका आधारभूत संरचनाको निर्माण तथा नीति र प्रदेश कानुनको निर्माणमा उल्लेखनीय कार्य भएको दाबी गरे ।

उनले विगतमा १० वटा अधिवेशनबाट ६२ वटा सरकारी विधेयक पारित भएर प्रमाणीकरण भई प्रदेश कानूनको रुपमा लागू भएको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म, संविधान कार्यान्वयनप्रतिको दायित्व, प्रादेशिक विकासका लागि तर्जुमा भई प्रदेश सरकारबाट निर्माण एवं उत्पादनजस्ता कार्य सकारात्मक रहेको धारणा राखे ।

प्रमुख खापुङले प्रदेश सरकारले शान्ति सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, वन पर्यटनलगायत पूर्वाधार निर्माण र आर्थिक विकास तथा सामाजिक न्यायलगायतका जनताले प्रत्यक्ष अनुभूति गर्ने क्षेत्रमा निरन्तर काम गरिरहेको बताउँदै सरकारले सेवा प्रवाह क्षेत्रमा रहेको असहज परिस्थितिको अन्त्य पनि गरेको बताए ।

सुशासनको माध्यमबाट प्रदेशका जनताको सुख, समृद्धि र प्रगतिका लागि निरन्तर लागि रहनुपर्ने भावनालाई प्रदेश सरकारले आत्मसात गरेको बताउँदै भन्दै प्रदेश प्रमुख खापुङले सङ्घीयताको सफल कार्यान्वयनबाट यस प्रदेशको नागरिकको सुख, समृद्धिको अनुभूति गराउन प्रदेश सरकार सफल रहोस् भनि शुभकामना व्यक्त गरे ।

उनले भने, “नागरिकमैत्री कानून निर्माण गरी प्रदेशको सन्तुलित एवं दिगो विकास र सुशासन कायम गर्ने कुरा सांसदको भूमिका रचनात्मक र सिर्जनात्मक रहनसकोस् ।” प्रदेश प्रमुख खापुङको सम्बोधनपछि १५ मिनेट स्थगन भएको सदन पुनः सञ्चालन भएपछि सभामुख गौतमबाट पेश भएको निर्णयार्थ धन्यवादको प्रस्ताव सर्वसम्मतिले पारित भयो । सभामुख बाबुराम गौतमले अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगित भएको जानकारी दिए ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ६ : ३५ बजे

घेराबन्दीमा रहे पनि आफ्नो कर्तव्य भुलेको छैन : रवि लामिछाने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घेराबन्दीमा

कोशी प्रदेशले आउँदो माघमा लगानी सम्मेलन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र

पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प

इलाम – मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी – पश्चिम नवलपरासीको दाउन्नेमा आज साँझ सडक भासिएपछि पूर्व–पश्चिम

सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस

काठमाडौं – किर्ते कागजात बनाइ सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेहरूलाई कारबाही