सुदूरपश्चिमका मुख्यमन्त्री रावलले भोलि विश्वासको मत लिने | Khabarhub Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले भोलि विश्वासको मत लिने


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोलि विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण अन्तिम चरणमा विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरेपछि अप्ठयारोमा परेका रावललाई रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको हो ।

नेकपा एमालेका रावल सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ६ : ४४ बजे

घेराबन्दीमा रहे पनि आफ्नो कर्तव्य भुलेको छैन : रवि लामिछाने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घेराबन्दीमा

कोशी प्रदेशले आउँदो माघमा लगानी सम्मेलन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र

पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प

इलाम – मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी – पश्चिम नवलपरासीको दाउन्नेमा आज साँझ सडक भासिएपछि पूर्व–पश्चिम

सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस

काठमाडौं – किर्ते कागजात बनाइ सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेहरूलाई कारबाही