तोक्मेडाँडा सामुदायिक वनमा आगलागी « Khabarhub

तोक्मेडाँडा सामुदायिक वनमा आगलागी


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित तोक्मेडाँडा सामुदायिक वनमा आगलागी भएको छ । बजार र बस्ती नजिकै रहेको वन क्षेत्रमा आज दिउँसो अचानक भएको आगलागी नियन्त्रणमा आएको छैन ।

आगलागी सुरु भएलगत्तै यहाँस्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी र स्थानीयवासीले बस्तीतर्फको भागमा अघि बढेको आगो निभाएका थिए । समयमै अग्नि रेखा बनाएर आगो निभाइएपछि कफी हाउस लाइनको बस्ती जोगिएको छ ।

आगलागी क्षेत्रमा सल्लाका मात्रै रुख भएकाले छोटो समयमै आगो ठूलो क्षेत्रमा फैलिएको थियो । पूर्वतर्फको भागमा अझै पनि आगो सल्किरहेको स्थानीयवासीले बताएका छन् । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय बासिन्दा खटिएका थिए ।

आगो लागेको क्षेत्रमा सडकसमेत रहेकाले दमकलको समेत प्रयोग भएको छ । आगलागीको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगो नियन्त्रणमा नआउँदासम्म सुरक्षाकर्मी नियन्त्रणमै खटिने प्रहरीले जनाएको जनाएको छ । पछिल्लो समय जिल्लाका ग्रामीण भेगका वनजङ्गलमा समेत आगलागी हुन थालेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १० : ५४ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान