टर्की र सिरिया भूकम्पमा सात हजार ८२६ जनाको मृत्यु | Khabarhub Khabarhub

टर्की र सिरिया भूकम्पमा सात हजार ८२६ जनाको मृत्यु

टर्कीको १० प्रान्तमा आपतकाल घोषणा


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर हराइरहेकाको खोजी तथा उद्धारको काम चलिरहेको छ । तर चिसो मौसमका कारण खोजी र उद्धारमा समस्या भइरहेको उद्धारकर्तालाई उदृत गर्दै बीबीसीले समाचार लेखेको छ ।

अहिलेसम्म टर्कीमा ५ हजार ८ सय ९४ जना र सिरियामा १ हजार ९ सय ३२ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ । दुवै देशमा गरेर सात हजार ८२६ जनाको शव भेटिएको बीबीसीले उल्लेख गरेको छ । कयौं मानिस बेपत्ता भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा बाक्लो हिउँ परेपछि उद्धारमा सममस्या भएको छ ।

केही परिवारले भने उद्धारकर्ताले ढिला गरेको प्रतिक्रिया दिँदा समस्या भएको गुनासो गरेका छन् । गत सोमबार दुई देशको सिमानामा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प र त्यसपछि ७ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो ।

टर्कीले दक्षिणी भेगको १० वटा प्रान्तमा आपतकाल घोषणा गरेको छ । सोमबार गएको भूकम्पमा परेर झण्डै ६ हजार जनाको मृत्यु भएकाले भूकम्प प्रभावित १० वटा प्रान्तमा ३ महिनाको लागि आपतकाल घोषणा गरिएको राष्ट्रपति रेसेप तायप इर्दोगानले बताएका छन् ।

उनले अहिलेसम्म विभिन्न ७० भन्दा धेरै देशबाट उद्धार र राहतमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका समेत जानकारी गराएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ६ : ०८ बजे

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर