ओली-प्रचण्डबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति | Khabarhub Khabarhub

ओली-प्रचण्डबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भोलि (बिहीबार) उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको छ।

ओली निवास बालकोटमा भएको भेटवार्तामा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको हो। ओलीसँगको भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले भने, ‘उच्च स्तरीय राजनीतिक संयन्त्र बैठक बस्छौ। सहज रूपमा कसरी अगाडि बढ्ने छलफल गर्छौँ। राष्ट्रपतिको विषयमा पनि भोलि छलफल हुन्छ।’

राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्ड र एमले अध्यक्ष ओलीबीचको भेटघाट पनि बाक्लिन थालेको छ। आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ ।

१० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गर्दा एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने सहमति भएको थियो।

यसअघि ओलीले संयन्त्रको बैठक बोलाउन खोज्दा प्रधानमन्त्री प्रचण्ड तयार भएका थिएनन्।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १२ : ०८ बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का