ओली-प्रचण्डबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति « Khabarhub

ओली-प्रचण्डबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भोलि (बिहीबार) उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको छ।

ओली निवास बालकोटमा भएको भेटवार्तामा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको हो। ओलीसँगको भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले भने, ‘उच्च स्तरीय राजनीतिक संयन्त्र बैठक बस्छौ। सहज रूपमा कसरी अगाडि बढ्ने छलफल गर्छौँ। राष्ट्रपतिको विषयमा पनि भोलि छलफल हुन्छ।’

राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्ड र एमले अध्यक्ष ओलीबीचको भेटघाट पनि बाक्लिन थालेको छ। आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ ।

१० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गर्दा एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने सहमति भएको थियो।

यसअघि ओलीले संयन्त्रको बैठक बोलाउन खोज्दा प्रधानमन्त्री प्रचण्ड तयार भएका थिएनन्।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १२ : ०८ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील