युरोपेली सङ्घकी आयुक्त उर्पिलाइनेन काठमाडौँमा « Khabarhub

युरोपेली सङ्घकी आयुक्त उर्पिलाइनेन काठमाडौँमा


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घकी आयुक्त युटा उर्पिलाइनेन नेपालको एकदिने औपचारिक भ्रमणमा आज काठमाडौँ आइपुगेकी छिन् । भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नाका साथै नेपालमा युरोपेली सङ्घका विभिन्न कार्यहरुको शुभारम्भ गर्नेछिन् ।

नेपालसँगको साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विविध विषयमा संलग्न हुनका लागि उनी नेपाल भ्रमणमा आएकी काठमाडौँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ ।

युरोपेली सङ्घले आफ्नो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्दै साझेदारसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्क बढाउन तथा स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न सकारात्मक रहेको जनाएको छ । सङ्घले नेपालको समावेशी हरित अर्थतन्त्र, मानव विकास सूचकाङ्क र सुशासन प्रवर्द्धनमा सहयोगको प्राथमिकता निर्धारण गरेको छ ।

आयुक्त उर्पिलाइनेनले परोपकार प्रसूति अस्पतालमा रहेको मानव दुग्ध बैंकको भ्रमण गर्नाका साथै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमको नवीकरणमा इयूको प्रतिबद्धता व्यक्त गर्नेछिन् ।

आयुक्त उर्पिलाइनेनले प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग द्विपक्षीय छलफल गर्नाका साथै शिक्षामन्त्रीसँग नेपालको नयाँ शिक्षा क्षेत्र योजनाका लागि ५० मिलियन युरो सहयोगको शुभारम्भ गर्ने कार्यक्रम छ । यसले बालबालिकाको शिक्षामा पहुँच बढाउन र युगअनुसार नेपालमा शिक्षाको गुणस्तर बढाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १ : २५ बजे

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको