सभामुखसँग चिनियाँ राजदूतको भेटवार्ता | Khabarhub Khabarhub

सभामुखसँग चिनियाँ राजदूतको भेटवार्ता


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सो अवसरमा ‘एक चीन नीति’ प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड–१९ को महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पुर्‍याएको सहयोगको प्रशंसा गरे ।

भूकम्पपछिको पुनःनिर्माणमा चीनबाट भएको सहयोग पनि स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले अब दुई देशका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गरे ।

चिनियाँ राजदूत सोङले सभामुख घिमिरेको कार्यकालको सफलताका लागि शुभकामना दिए । सो अवसरमा चिनियाँ राजदूतले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुले सभामुख घिमिरेलाई पठाएको शुभकामना सन्देश हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  २ : ०० बजे

गण्डकी प्रदेशसभामा बजेटको ‘महाभारत’, मन्त्री र सचिवमाथि खनिए सांसदहरू

पोखरा– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको

साइबेरियाबाट चरा चर्न आउने गुँदेतालमा असारे रोपाइँ महोत्सव हुने

पोखरा– पोखरा पर्यटन परिषद्को आयोजनामा २०६१ साल यता गरिँदै आइएको

मुलुकको अर्थतन्त्र लयमा फर्कँदै छ : एमाले महासचिव पोखरेल

काठमाडौं– नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले तहसनहस भएको मुलुकको अर्थतन्त्र विस्तारै

भारतले इरानबाट उद्धार गरिदिएका दुई नेपाली नयाँदिल्ली आइपुगे

काठमाडौं- भारतको सहयोगमा युद्धग्रस्त इरानबाट उद्धार गरिएका दुईजना नेपाली नयाँदिल्ली