उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत पार्कबीच भेटवार्ता | Khabarhub Khabarhub

उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत पार्कबीच भेटवार्ता


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भेटवार्ता गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र कोरिया सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । सन् १९७४ मा नेपाल–कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

कोरिया सरकारले कोइकामार्फत नेपालको शिक्षा, स्वास्थ्य, ग्रामीण विकास र सूचना प्रविधिका क्षेत्रमा सहयोग गरिरहेको छ । भेटका क्रममा मन्त्री भण्डारीले सुदूरपश्चिम प्रदेश मानव विकासका दृष्टिले अन्य प्रदेशभन्दा पछाडि रहेको हुँदा सुदूरपश्चिममा पोलिटेक्निकल स्कुल, अस्पताल तथा विद्यालय भवन निर्माणमा सहयोग गर्न राजदूत सुकलाई आग्रह गरे ।

निर्यातजन्य वस्तुको सम्भावना हुँदाहुँदै पनि नेपाली वस्तु कोरियामा निर्यात हुन नसकेको उल्लेख गर्दै मन्त्री भण्डारीले राजदूत सुकलाई नेपाली वस्तु निर्यातमा सघाउन आग्रह गरे । उनले ऊर्जाका क्षेत्रमा कोरियन लगानीकर्ताको चासो रहेको उल्लेख गर्दै लगानीका लागि आग्रह गरे ।

मन्त्री भण्डारीले लगानीमैत्री वातावरण बनाई लगानीकर्तालाई आकर्षण गर्न नेपाल सरकारले नीतिगत सुधारका कार्य गरिरहेको जानकारी गराउँदै राजदूत सुकलाई यसमा सकारात्मक योगदानका लागि आग्रह गरे ।

राजदूत सुकले इपिएसअन्तर्गत १५ हजार नेपाली कोरियामा रोजगारीमा रहेको उल्लेख गर्दै नेपालीको परिश्रमबाट कोरियन सरकार प्रभावित रहेको बताए । उनले मन्त्री भण्डारीलाई कोरियन लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको अवगत गराए ।

कोरियन नागरिकलाई भिसा प्राप्तिमा सहजता प्रदान गरिनुपर्ने उल्लेख गर्दै उनले लगानीकर्ता र तिनको संरक्षणका लागि नेपाल सरकारको सहयोगको अपेक्षा गरे ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ३ : ०५ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध