युएसएडकी प्रमुख पावरद्वारा अर्थमन्त्री पौडेलसँग भेटवार्ता « Khabarhub

युएसएडकी प्रमुख पावरद्वारा अर्थमन्त्री पौडेलसँग भेटवार्ता


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी विकास सहायता नियोग युएसएडकी प्रमुख सामन्था पावरले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेकी छिन् ।

बुधबार सिंहदरबारमा भएको भेटवार्ताका क्रममा दुईपक्षीय साझेदारीका विषयमा छलफल भएको थियो । सो क्रममा अर्थमन्त्री पौडेलले युएसएडले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए । जवाफमा युएसएडकी प्रमुख पावरले नेपालको अर्थतन्त्रको विकासमा आफ्नो सहयोग जारी रहने बताएकी थिइन् ।

यसअघि सामन्था पावरले ५ करोड ८५ लाख अमेरिकी डलर सहायता घोषणा गरेकी थिइन् । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग पनि भेटवार्ता गरेकी थिइन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ३ : १२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।