एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा छ : महामन्त्री थापा | Khabarhub Khabarhub

एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा छ : महामन्त्री थापा


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा हुने बताएका छन् ।

बुधबार काठमाडौंमा लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्करणको सवाल विषयक विचार गोष्ठीमा धारणा राख्दै महामन्त्री थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए त्यस्तो राष्ट्रपति कठपुतली हुने र संविधान नै दुर्घटनामा पर्ने खतरा हुने बताएका हुन् ।

उनले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवारलाई हराउने र आफ्ना उम्मेदवारको पक्षमा भोट माग्ने बताए । थापाले पाँच वर्षका लागि भनेर गएका दलले प्रधानमन्त्रीको बाहानामा गठबन्धन जोगाउन नसक्नुमा जनतासामु क्षमा माग्नुपर्ने धारणा राखे ।

उनले पुस १० गते एमालेले कांग्रेसलाई धोका दिएको आरोप लगाए । महामन्त्री थापाले रास्वपालाई जनताले कल्पना गरेभन्दा धेरै मत दिएको भन्दै उक्त पार्टीले जनतालाई सरकारमा जानु र बाहिरिनुको जवाफ दिनुपर्ने उल्लेख गरे ।

त्यस्तै कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले संसदमा अहिलेको व्यवस्थामाथि विषवमन भइरहेको र जात्रा चलिरहेको टिप्पणी गरिन् । उनले देश परिवर्तन गर्ने र त्यसको कार्यान्वयन गर्ने ठाउँमा पुगेकाहरुले कस्तो मुलुक बनाउने भन्ने लक्ष्य लिनुपर्ने धारणा राखिन् ।

झाँक्रीले मुलुकमा भएका परिवर्तनलाई संस्थागत गर्नका लागि जिम्मेवार भएर अघि बढ्नुपर्ने पनि बताइन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ३ : ३५ बजे

तीन महानगरले ल्याए बजेट, दुईको आज आउँदै, काठमाडौँको अनिश्चित

काठमाडौँ – संवैधानिक व्यवस्थाअनुसार आज (असार १०) सम्म सबै स्थानीय

गृहमन्त्रीलाई अमनलाल मोदीको प्रश्न- समिति बनिसकेपछि राजीनामा किन दिनुभएन ? 

काठमाडौं– प्रमुख प्रतिपक्षी अमनलाल मोदीले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा

टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारी सम्मको यात्रा सम्पन्न

काठमाडौं– सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंदेखि कन्याकुमारीसम्मको केटूके ड्राइभ सम्पन्न गरेका

नेपालको ‘घाम पावर’लाई विश्व जलवायु पुरस्कार

काठमाडौँ – नेपालमा सौर्य ऊर्जाका उपकरण बेचबिखन र जडान गर्ने

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

एजेन्सी– तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल