टर्की सिरिया भूकम्प : मृतकको सङ्ख्या ११ हजार नाघ्यो | Khabarhub Khabarhub

टर्की सिरिया भूकम्प : मृतकको सङ्ख्या ११ हजार नाघ्यो


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघेको छ ।

सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको हो । भूकम्पमा परी अरु हजारौँ घाइते भएको र अन्य धेरै बेपत्ता भएको बताइएको छ ।

प्रतिकूल मौसमका कारण बेपत्ताको खोज तथा घाइतेको उद्धारमा अवरोध भएको छ । यद्यपि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् ।

करिब छ हजार भवन भत्केकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्ने प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मी र चिकित्सकले बताएका छन् ।

टर्किस राष्ट्रपति रेसेप तैयप एर्दोगान भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा गएका छन् ।

अन्तर्राष्ट्रिय समुदायले टर्की र सिरियामा राहत सामग्रीसहित उद्धारकर्मी परिचालन गरेको छ । बेलायतका नवनियुक्त सत्तारुढ कञ्जरभेटिभ पार्टीका अध्यक्षले टर्कीको अनुरोधअनुसार थप सहायता उपलब्ध गराउने बताएका छन् ।

युरोपेली सङ्घ, रुसी महासङ्घ, इजरायल, चीन, भारत, पाकिस्तान, ग्रीस, जर्मनी, लेबनान, दक्षिण कोरिया, जापान, अष्ट्रेलियाले पनि आफ्नो सामर्थ्यअनुसार आर्थिक एवम् भौतिक सहायता उपलब्ध गराएका छन् । इजरायल, चीन र भारतले चिकित्सक, इञ्जिनियर र भारी उपकरणका साथ उद्धारकर्मी परिचालन गरेका छन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ५ : ५८ बजे

महाकाली सामुदायिक वनले आयमूलक कार्यक्रममा लगानी बढाउँदै

कञ्चनपुर– कृष्णपुर नगरपालिका-६ वञ्जरियास्थित महाकाली सामुदायिक वनले वन पैदावारको आम्दानीलाई

पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

मकवानपुर– त्रिभुवनराजपथको हेटौँडा-काठमाडौँ खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गएराति सुक्खा

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक