मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ « Khabarhub

मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार बालिकालाई ललाइफकाइ होटलमा लगेर बलात्कार गरेको कसुरमा जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका स्वास्थ्यकर्मी तथा अहेब राजीवकुमार यादव पक्राउ परेका छन् ।

यादवसँगै बालिका बलात्कारमा सहयोग गर्ने गाईघाटका १९ वर्षीय सूचना राई र अर्का ४८ वर्षीय तीर्थमाया तामाङलाई पनि पक्राउ गरिएको छ ।

अनुसन्धानपछि म्याद थप गरेर अहेव यादवलाई बलात्कार र मानव बेचबिखन तथा दुई महिलालाई मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

खोटाङ घर भई उदयपुरको गाईघाटमा डेरा गरी बस्दै आएकी कक्षा ८ मा अध्ययनरत बालिकालाई अहेव यादवले दुई महिलाको सहयोगमा दुई साता अगाडि गाईघाटस्थित एक होटलमा बलत्कार गरेका थिए ।

बालिका बलात्कृत भएको र अन्यत्र लाने तयारीसमेत गरेको भन्ने सूचना पाएपछि प्रहरीले आइतबार तीनै जना अभियुक्तलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

उनीहरूमाथि लागेको आरोपबारे थप अनुसन्धानका लागि मङ्गलबार म्याद थप गरेर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षणछि अहिले सेफहाउसमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ६ : २८ बजे

होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा

तेहरान– इरानका सेना प्रवक्ता मोहम्मद अक्रमिनियाले शनिबार दिएको अभिव्यक्तिमा देशका

सरकारले हटाइएका सुकुम्वासीको जग्गा खोज्न थाल्यो

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना

स्रोत नखुलेको २७ लाखसहित दुई पक्राउ

मोरङ– स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित एक भारतीय

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

मन्थली– रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी

लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित

बेरुत– दक्षिणी लेबनानमा शनिबार भएको इजरायली हवाई आक्रमण र सैन्य