भारतको जम्मु कश्मीरमा फूलखेतीका लागि भारु ३९ करोडको नयाँ परियोजना घोषणा « Khabarhub

भारतको जम्मु कश्मीरमा फूलखेतीका लागि भारु ३९ करोडको नयाँ परियोजना घोषणा


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको जम्मु कश्मीर सरकारले किसानलाई व्यवसायिक फूलखेतीतर्फ आकर्षित गर्न ३९ करोड भारतीय रुपैयाँको परियोजना घोषणा गरेको छ ।

जम्मु कश्मीरको कृषि उत्पादन विभागका सहसचिव अटल दुल्लोले यस क्षेत्रका किसानलाई पुष्प व्यवसायतर्फ आकर्षित गर्नका लागि नयाँ परियोजना घोषणा गरिएको जनाकारी दिए । भारतीय समाचार संस्था एएनआईका अनुसार यस परियोजनाबाट २ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने छन् भने ३३० नयाँ पुष्प व्यवसाय सञ्चालनमा आउनेछन् ।

जम्मु कश्मीरमा लामो समयदेखि नै फूलखेती हुँदै आएको बताउँदै सहसचिव दुल्लोले यस क्षेत्र फूलखेतीका लागि उपयुक्त रहेको जानकारी दिए ।

हाल भारतीय पुष्प व्यवसाय परम्परागत खेतीबाट आधुनिकतातर्फ अघि बढ्दै गएको अवस्थामा जम्मु कश्मीरमा नयाँ परियोजनाको घोषणा गरिएको हो ।

भारतमा फूलको बजार १५ हजार करोड भारतीय रुपैयाँ बराबरको रहेको जनाइएको छ । सन् २०२१–२२ मा भारतले ७७१.४१ करोड भारतीय रुपैयाँ बराबरको फूल विदेश निर्यात गरेको थियो ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ७ : ४१ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान