भारतको जम्मु कश्मीरमा फूलखेतीका लागि भारु ३९ करोडको नयाँ परियोजना घोषणा « Khabarhub

भारतको जम्मु कश्मीरमा फूलखेतीका लागि भारु ३९ करोडको नयाँ परियोजना घोषणा


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको जम्मु कश्मीर सरकारले किसानलाई व्यवसायिक फूलखेतीतर्फ आकर्षित गर्न ३९ करोड भारतीय रुपैयाँको परियोजना घोषणा गरेको छ ।

जम्मु कश्मीरको कृषि उत्पादन विभागका सहसचिव अटल दुल्लोले यस क्षेत्रका किसानलाई पुष्प व्यवसायतर्फ आकर्षित गर्नका लागि नयाँ परियोजना घोषणा गरिएको जनाकारी दिए । भारतीय समाचार संस्था एएनआईका अनुसार यस परियोजनाबाट २ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने छन् भने ३३० नयाँ पुष्प व्यवसाय सञ्चालनमा आउनेछन् ।

जम्मु कश्मीरमा लामो समयदेखि नै फूलखेती हुँदै आएको बताउँदै सहसचिव दुल्लोले यस क्षेत्र फूलखेतीका लागि उपयुक्त रहेको जानकारी दिए ।

हाल भारतीय पुष्प व्यवसाय परम्परागत खेतीबाट आधुनिकतातर्फ अघि बढ्दै गएको अवस्थामा जम्मु कश्मीरमा नयाँ परियोजनाको घोषणा गरिएको हो ।

भारतमा फूलको बजार १५ हजार करोड भारतीय रुपैयाँ बराबरको रहेको जनाइएको छ । सन् २०२१–२२ मा भारतले ७७१.४१ करोड भारतीय रुपैयाँ बराबरको फूल विदेश निर्यात गरेको थियो ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ७ : ४१ बजे

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय

काठमाडौं – नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको

‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा कोइरालालाई

काठमाडौं – यसवर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा

डा गोविन्द केसीले तोडे अनसन

काठमाडौँ । काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन्

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको