चिनियाँ कम्पनीले समुद्र हडप्दा श्रीलंकाका ३२ सय माझीको जनजीवन प्रभावित | Khabarhub Khabarhub

चिनियाँ कम्पनीले समुद्र हडप्दा श्रीलंकाका ३२ सय माझीको जनजीवन प्रभावित


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ कम्पनीका कारण श्रीलंकाको मत्स्य उद्योग प्रभावित बन्दै गएको पाइएको छ । श्रीलंकाबाट प्रकाशित हुने कोलम्बो गजेटले श्रीलंकाली समुद्रबाट सिअर्चिन र समुद्री काँक्रो निर्यात गर्ने गुइ लान नामक चिनियाँ कम्पनीका कारण मत्स्य उद्योग र माछा मारेर जीवन निर्वाह गर्दै आएका माझीहरु प्रभावित भएको जनाएको हो ।

श्रीलंकाको पुनेरिनस्थित क्वथारिमुनाई क्षेत्रमा उक्त कम्पनीको गतिविधिका कारण माछा मारेर जीवन निर्वाह गर्दै आएका ३२ हजार माझीको परिवार प्रभावित भएको जनाइएको छ ।

माझीहरुले परम्परागत रुपमा माछा मार्ने ठूलो समुद्री क्षेत्रलाई उक्त कम्पनीले समुद्री काँक्रोको उत्पादनका लागि हडपेको पसाइयुर माझी महासंघका प्रमुख पी मथानले जानकारी दिए ।

यसबाहेक आफ्नो व्यवसाय सञ्चालन गर्न गुई लान कम्पनीले मुलुकको राष्ट्रिय कृषि विकास प्राधिकरणको अनुमति पनि नलिएको कोलम्बो गजेटले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : ३२ बजे

ट्रम्प-ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो– अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री

सिन्धुलीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुली– बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा आज कार दुर्घटना हुँदा

बजेट अभावमा तङ्ग्राम स्वास्थ्यचौकी भवन अधुरै

गलकोट– काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट

उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा

कात्तिके झरीमा रुझेको काठमाडौं (तस्बिरहरू)

काठमाडौं– पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको