परराष्ट्रमन्त्री पौड्यालद्वारा टर्कीका विदेशमन्त्रीसँग टेलिफोन वार्ता « Khabarhub

परराष्ट्रमन्त्री पौड्यालद्वारा टर्कीका विदेशमन्त्रीसँग टेलिफोन वार्ता


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले टर्कीएमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति आज नेपाल सरकारको तर्फबाट समवेदना प्रकट गरेकी छिन् । उनले टर्कीएका विदेशमन्त्री मेबलुट चाबुसोग्लुसँग आज टेलिफोन सम्पर्क गरी नेपालको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाईन्

टेलिफोन वार्तामा पररष्ट्रमन्त्री पौड्यालले टर्कीएमा रहेका नेपालीलाई सुरक्षित क्षेत्रमा लगिदिनका लागि आग्रहसमेत गरिन मन्त्रालयले जनाएको छ । नेपालले २०७२ सालमा भूकम्पको विपद् व्यहोरेको उल्लेख गर्दै उनले यस प्रकारको प्राकृतिक विपत्तिमा नेपाल सरकारको सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरिन्।

टर्कीएका विदेशमन्त्री मेबलुट चाबुसोग्लुले अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगमा भूकम्पमा परेका नागरिकको उद्धार कार्य जारी रहेको जानकारी दिँदै सहयोग प्रतिबद्धताका लागि नेपाल सरकारलाई धन्यवाद दिइन्। नेपाल सरकारले टर्कीएमा गएको विनाशकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ ।

सोमबार बिहान टर्कीएमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसपछि पनि बारम्बार परकम्प गइरहेको छ । सो भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : २४ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा