नेपाललाई गरिने सहयोग प्राथमिकतामा छ : सामन्था पावर « Khabarhub

नेपाललाई गरिने सहयोग प्राथमिकतामा छ : सामन्था पावर


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) का प्रशासक सामन्था पावरले संयुक्त राज्य अमेरिकाले नेपाललाई गरिने सहयोग प्राथमिकतामा रहेको बताएकी छिन् ।

दुई दिने नेपाल भ्रमणको अन्तिम दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकाले नेपालसँग कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नेपाललाई सहयोग गर्दै आएको उल्लेख गरिन । उनले नेपालमा अमेरिकाले गर्ने सहयोगमा कुनै भूराजनीतिक आयाम नरहेको समेत स्पष्ट पारिन् ।

सो अवसरमा प्रशासक पावरले नेपाल भ्रमणका दौरान उनले गरेका विभिन्न उच्चस्तरीय भेटवार्ताका क्रममा भएका विषयबारे जानकारी गराएकी थिइन। उनले भ्रमणका क्रममा मङ्गलबार नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन युएसएआइडीले पाँच करोड ८५ लाख अमेरिकी डलर (साढे सात अर्ब रुपैयाँभन्दा बढी) सम्मको सहयोग प्रदान गर्ने घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १० : २० बजे

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित