काठमाडौँ महानगरको विकास सहायता कार्यक्रमका लागि ८९ प्रस्ताव छनोट « Khabarhub

काठमाडौँ महानगरको विकास सहायता कार्यक्रमका लागि ८९ प्रस्ताव छनोट


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको विकास सहायता कार्यक्रमका लागि ८९ वटा प्रस्ताव छनोट भएका छन्। उक्त कार्यक्रमको लागि जम्मा दुई सय चार वटा प्रस्ताव परेको थियो।

आज कामपाका उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको सामाजिक समितिको बैठकले बजेटको सीमाभित्र परेका अधिकतम अङ्क प्राप्त गर्ने र कागज तथा प्रमाण पूरा भएका प्रस्ताव छनोट गरेको जानकारी दिइयो।

प्राप्तमध्ये आङ्शिक कागजपत्र र प्रमाण नपुगेका एक सय तीन वटालाई प्रतीक्षा सूचीमा राखिएको छ। एक सय अङ्कमा गरिएको मूल्याङ्कनका सूचकमा कार्य अनुभव, जनशक्ति, कार्यक्रम अवधि, प्रस्तावित कार्यक्रममा सहभागी हुने लक्षित वर्ग र सङ्ख्या, भौतिक संरचना, रोजगारी, लागत सहभागितालगायत शीर्षकमा अङ्क प्रदान गरिएको थियो।

बैठकले सचेतनामूलक कार्यक्रमका लागि रु दुई लाख ५० हजार र रोजगारमूलक कार्यक्रमका लागि रु पाँच लाख उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको छ। अनुदान प्राप्त गर्नेले सम्झौतापछि ६० प्रतिशत र कार्य सम्पन्न भएको प्रतिवेदन पेश गरेपछि बाँकी ४० प्रतिशत रकम पाउनेछन्। गत पुस २१ गते बसेको समितिको बैठकले प्राप्त प्रस्ताव मूल्याङ्कन गर्न वडा नं २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा सूचक निर्धारण तथा छनौट समिति गठन गरेको थियो। समितिको सदस्यमा कार्यपालिका सदस्य महेश नेपाली र ललिता खड्गी थिए।

कामपामा कार्यक्षेत्र भएका गैरसरकारी सङ्घ संस्थाले गर्ने क्षेत्रगत कामलाई संस्थागत र व्यवस्थित बनाउन महानगरपालिकाले गएको मङ्सिर १ गते सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गरेको थियो। दश वटा क्षेत्रगत कार्यक्रममध्ये सबैभन्दा धेरै विभिन्न सङ्घ संस्था, फाउण्डेशन, प्रतिष्ठान, एकेडेमीलाई कार्यक्रम सहयोग क्षेत्रमा ६४ प्रस्ताव परेका थिए। रु एक करोड विनियोजित कार्यक्रमका लागि ३७ वटा प्रस्ताव छनौट गरिएको छ भने २७ वटा प्रस्तावलाई प्रतिक्षा सूचीमा राखिएको छ।

‘नमूना छात्रा सांसद कार्यक्रम’ का लागि एउटै मात्र संस्थाको प्रस्ताव परेको थियो। यो छनौट भएको छ। यो कार्यक्रमका लागि रु १० लाख विनियोजित छ। रु एक करोड विनियोजन भएको ‘खेलकुदसँग सम्बन्धित विभिन्न सङ्घ संस्थालाई कार्यक्रम सहयोग’ मा २७ प्रस्ताव आएका पर्छन्। तीमध्ये १२ छनौट भएका छन् भने १५ प्रतीक्षा सूचीमा छन्।

‘लागुऔषध, मानव बेचविखन, ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा विरुद्धको अभियानलगायत सचेतनामूलक कार्यक्रम’ का लागि रु २५ लाख छ। यस क्षेत्रका लागि ६१ वटा प्रस्ताव पेश भएका थिए। तीमध्ये १४ छनौट भएका छन् र ४७ प्रतीक्षा सूचीमा छन्। रु २० लाख विनियोजित ‘अपाङ्गताको क्षेत्रमा कार्य गर्ने संस्थासँग सहकार्य’ कार्यक्रममा १३ प्रस्ताव परेका थिए। यीमध्ये नौ वटा छनौट भएका छन्। चार प्रतीक्षा सूचीमा छन्।

‘विभिन्न स्रष्टाहरूको नाममा स्थापना भएका प्रतिष्ठानलाई अक्षयकोष अनुदान’ शीर्षकमा रु २० लाख विनियोजन गरिएको छ। यस क्षेत्रका लागि तीन वटा प्रस्ताव पेश भएका छन्। ‘अटिजम, डाउन सिन्ड्रोम, सेरेब्रलपाल्सी र मस्तिष्क पक्षघात भएका बालबालिका लक्षित कार्यक्रमका लागि विभिन्न सङ्घ संस्थालाई सहयोग’कार्यक्रमका लागि सात वटा सङ्घसंस्थाको प्रस्ताव परेको थियो। यस शीर्षकमा रु ६० लाख विनियोजित छ।

त्यसैगरी रु २० लाख विनियोजित ‘अपाङ्ग लक्षित खेलकुद कार्यक्रम’ का लागि चार वटा प्रस्ताव पेश भएका थिए। यीमध्ये दुई वटा छनौट भएका छन्। दुई वटा प्रतीक्षा सूचीमा छन्। ‘दलित लक्षित कार्यक्रम सञ्चालन एवं सहयोग कार्यक्रम’ मा आठ वटा प्रस्ताव पेश भएका थिए। रु ५० लाख बजेट विनियोजन भएको यस शीर्षकमा छ वटा छनौट भएका छन्। दुई वटा प्रतीक्षा सूचीमा रहेको बताइएको छ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ७ : ०५ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर