चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ : उद्योगमन्त्री भण्डारी | Khabarhub Khabarhub

चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ : उद्योगमन्त्री भण्डारी


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आजका राष्ट्रिय अभिभारा तथा राष्ट्रिय चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको बताएका छन् ।

कैलाली उद्योग वाणिज्य सङ्घले आज धनगढीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले विशेषतः औद्योगिक क्षेत्रको विकासमा सरकार अगाडि बढेको र केही रुग्ण उद्योग सञ्चालनका लागि निजी क्षेत्रलाई आह्वान गरिने बताए ।

अझै थुप्रै औद्योगिक क्षेत्रका सम्भावना, त्यसका सम्भाव्यताबारे पहिचान गरेर आगामी आर्थिक वर्षमा सुदूरपश्चिमवासीले औद्योगिक क्षेत्रको विकासमा केही नयाँ उपलब्धि पाउने मन्त्री भण्डारीले जानकारी गराए । उनले छिटोछरितो राज्यबाट हुने सेवा प्रवाहलाई कार्यान्वयन गर्ने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको बताए । उनले भने, “सुशासनको नीति सरकारले प्रदान गर्नेछ ।”

कुन ठाउँमा कुन वस्तुको सम्भाव्यता छ भनेर सम्पूर्ण अध्ययन पूरा गर्ने गरी मातहतका निकायलाई निर्देशन दिइसकिएको मन्त्री भण्डारीले जानकारी दिए । उनले भने, “आज पनि दार्चुलामा कपर खानी छ, सिसा खानी छ, बैतडीमा फलाम खानी छ, र अन्य जिल्लामा पनि थुप्रै सम्भावना छन्, यी कुरालाई पनि हामी प्राथमिकतामा राख्छौँ ।”

उनले वर्तमान सरकार कञ्चनपुरस्थित दोधाराचाँदनीको सुक्खा बन्दरगाहलाई चाँडै कार्यान्वयनमा ल्याउने कुरामा वचनबद्धता व्यक्त गरे । आगामी फागुन १ गते प्रधानमन्त्रीको उपस्थितिमा सुक्खा बन्दरगाहको अवलोकन गर्ने र त्यसलाई नेपाल–भारत सरकारबीचको समझादारीमा निर्माण कार्यलाई चाँडै प्रारम्भ गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  २ : १३ बजे

राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९

कालढुंगामा फसेका यातायात मजदुरको बिचल्ली, उद्धारमा सरकार निरीह

काठमाडौं- गत शुक्रबार (असोज ११ गते) झापाबाट बा५ख ७३७ नम्बरको

उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न

बाढीपीडितलाई दलमार्फत बाँडिएको चिनियाँ राहतबारे कांग्रेस नेता पोखरेलको प्रश्न

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टीले

चाडपर्वलाई लक्षित गरी सशस्त्रको ११६ स्थानमा सहायता कक्ष

काठमाडौं – चाडपर्व लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका