१० महिनादेखि पाटन विमानस्थलमा हवाई सेवा ठप्प | Khabarhub Khabarhub

१० महिनादेखि पाटन विमानस्थलमा हवाई सेवा ठप्प


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिक रुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो ।

हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको जनाइएको छ । ११ करोड रुपैयाँको लागतमा पाटन विमानस्थल कालोपत्र गरेर सञ्चालनमा ल्याइएको भए पनि हवाई उडान भने लामो समयदेखि बन्द रहँदा यहाँ आकस्मिक काम परी धनगढी जानुपर्ने नागरिकहरु समस्यामा परेका छन् ।

साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएको थियोे । गत चैत १० गते अन्तिम पटक उडान भएको थियो । हवाई सेवा पुनः सञ्चालन अनिश्चित रहेको समिट एयरका प्रतिनिधि कृष्णदत्त भट्टले बताए । आगामी फागुनमा उडान हुनसक्ने भनिएपनि आधिकारिक जानकारी नआएको भट्टको भनाइ छ ।

पाटनदेखि १८ मिनेटको हवाई यात्रा रहेको धनगढीको भाडा पाँच हजार रुपैयाँ रहेको छ । हवाई सेवा बन्द हुँदा आकस्मिकरुपमा बिरामी भएकालाई सुविधा सम्पन्न अस्पातल लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय चमन भण्डारीले बताए ।

भाडा पनि महँगो भएकाले घटाएर नियमितरूपमा आउनुपर्ने उनको भनाइ छ । सुदूरपश्चिमकै दोस्रो ठूलो पाटनमा रहेको विमानस्थल हो । पाटनमा विमानस्थल २६ वर्षपछि विसं २०७७ मा पुनःसञ्चालनमा आएको थियोे । विसं २०३६ देखि सञ्चालनमा आएको पाटन विमानस्थल विसं २०५१ देखि भने बन्द थियो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  २ : १९ बजे

पत्रकार सिंहमाथि आक्रमणको छानबिन गर्न समिति गठन

धनगढी– नेपाल प्रेस युनियन सुदूरपश्चिमले नेपाल पत्रकार महासंघ बझाङका दोस्रो

त्रिवि मैदानमा फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत, दुवैको लागत करिब ८६ करोड

काठमाडौं- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट जडान

‘बालबालिकाको सर्वाङ्गीण विकासमा राज्य र परिवारको भूमिका अपरिहार्य’

हेटौँडा– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले बालबालिकाको सर्वाङ्गीण विकासका

मैदामै रातो कार्ड खाएका लिभरपुलका प्रशिक्षकलाई दुई खेलमा प्रतिबन्ध

लण्डन- इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति एभर्टनसँग २-२ को बराबरीमा सकिएको

आहा रारा पोखरा गोल्डकपमा थ्रीस्टार क्लब पराजित

पोखरा– थ्रीस्टार क्लब २४औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको