काठमाडौंको चक्रवर्ती ल कलेजका विद्यार्थीद्वारा शिक्षण शुल्क वृद्धिको विरोधमा प्रदर्शन « Khabarhub

काठमाडौंको चक्रवर्ती ल कलेजका विद्यार्थीद्वारा शिक्षण शुल्क वृद्धिको विरोधमा प्रदर्शन


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवर्ती ल कलेजका विद्यार्थीहरुले शिक्षण शुल्क वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् ।

बिहीबार काठमाडौंको माइतिघरमा उनीहरुले विद्यार्थीहरुबाट अनुचित रुपमा महङ्गो शुल्क लिएपनि कुनै सुविधा नदिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले विद्यार्थीमाथि दमन गर्न पाइदैन, विद्यार्थीलाई लुट्न पाइदैन लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । कलेजले १० लाख ७० हजार शुल्क लिएपछि त्यहीअनुसार सेवा सुविधा दिनुपर्ने वा फि घटाउनुपर्ने माग राख्दा कलेजले निष्कासन दिने धम्की दिएको विद्यार्थीहरुको भनाइ छ ।

उनीहरुले चक्रवर्ती ल कलेजमा पढिरहेका ३०० विद्यार्थीमध्ये ३० जनालाई छात्रवृति दिनुपर्ने भएपनि कलेजले १० जनालाई मात्रै छात्रवृतिमा पढाइरहेको र २० जनाको शुल्क कलेजले खाइरहेको आरोप लगाएका छन् । यसअघि पनि शिक्षण शुल्क वृद्विको विरोधमा उक्त कलेजका विद्यार्थीहरुले आन्दोलन गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ३ : ४४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्