सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री रावलले पाउलान् त विश्वासको मत ? « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री रावलले पाउलान् त विश्वासको मत ?


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अन्तिम दिन बिहीबार बसेको प्रदेशसभाको बैठकलाई चासोपूर्वक हेरिएको छ ।

एमालेका नेता रावललाई मुख्यमन्त्री बनाउँदा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थन थियो । तर, विश्वासको मत दिन नागरिक उन्मुक्तिले रेशम चौधरीसहित टीकापुर घटनामा संलग्न भएको आरोपमा जेल परेकाको रिहाइ, चलाइएको मुद्दा फिर्ता लिनुपर्ने माग राख्दै आएको थियो ।

नागरिक उन्मुक्तिको समर्थनबिना मुख्यमन्त्री रावलले विश्वासको मत प्राप्त गर्न असम्भवप्रायः छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन् ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ४ : ५५ बजे

नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह

काठमाडौं – अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले विदेशी मह

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो,

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

रणवीर सिंहको फिल्म ‘धुरन्धर’मा नेपाली दर्शकको चासो

काठमाडौं– यही शुक्रबारदेखि नेपालमा प्रदर्शन हुन लागेको बलिउड मल्टिस्टारर फिल्म