सुदूरपश्चिम प्रदेशसभाको बैठकमा नाउपाका सांसद अनुपस्थित « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाको बैठकमा नाउपाका सांसद अनुपस्थित


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ ।

बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु भने उपस्थित भएका छैनन् । उक्त पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा मुख्यमन्त्री रावलले विश्वासको मत पाउन कठिन छ । प्रदेशसभामा एमालेका १०, माओवादी केन्द्रका (सभामुख बाहेक) १० र राप्रपाका १ गरी केवल २१ मत छ। जुन आवश्यक २७ मतभन्दा ६ कम हो । ७ मत रहेको नागरिक उन्मुक्ति पार्टी मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न निर्णायक देखिन्छ ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले माओवादी केन्द्र (११), एमाले (१०), नागरिक उन्मुक्ति पार्टी (७) र राप्रपा (१) को समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । दाबी पेश गर्दा उनलाई २९ सांसदको समर्थन थियो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ५ : ०६ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व