सुदूरपश्चिम प्रदेशसभाको बैठकमा नाउपाका सांसद अनुपस्थित « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाको बैठकमा नाउपाका सांसद अनुपस्थित


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ ।

बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु भने उपस्थित भएका छैनन् । उक्त पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा मुख्यमन्त्री रावलले विश्वासको मत पाउन कठिन छ । प्रदेशसभामा एमालेका १०, माओवादी केन्द्रका (सभामुख बाहेक) १० र राप्रपाका १ गरी केवल २१ मत छ। जुन आवश्यक २७ मतभन्दा ६ कम हो । ७ मत रहेको नागरिक उन्मुक्ति पार्टी मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न निर्णायक देखिन्छ ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले माओवादी केन्द्र (११), एमाले (१०), नागरिक उन्मुक्ति पार्टी (७) र राप्रपा (१) को समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । दाबी पेश गर्दा उनलाई २९ सांसदको समर्थन थियो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ५ : ०६ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र