सार्वजनिक यातायात सुधारका लागि भन्दै तीन मजदुर संगठन संयुक्त आन्दोलन गर्ने तयारीमा « Khabarhub

सार्वजनिक यातायात सुधारका लागि भन्दै तीन मजदुर संगठन संयुक्त आन्दोलन गर्ने तयारीमा


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सार्वजनिक यातायात सुधारका लागि भन्दै यातायात क्षेत्रका श्रमिक सम्बद्ध तीन संगठनले संयुक्त रुपमा आन्दोलन गर्ने तयारी थालेका छन् ।

नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बिहीबार संयुक्त रुपमा काठमाडौंको बागबजारमा पत्रकार सम्मेलन गर्दै नेपालको यातायात क्षेत्र मन्त्रालयविहीन र भद्रगोल बनेको र ऐन पालना गराउने ट्राफिक प्रहरीले आफैँ ऐनविपरीत चालकहरुको लाइसेन्स निलम्बन गरिरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उनीहरुले सवारी साधनको २० वर्षे उमेरहद राखेर सरकार मोटर बिक्रेता विदेशी कम्पनीलाई खुसी पर्दै कमिसनको खेलमा लागेको आरोप लगाएका छन् । भारतीय ढुवानीका साधनहरुले नेपालका विभिन्न सहरहरुमा सिधैँ ढुवानी गर्ने भएका कारण नेपालका ढुवानी गर्ने साधनहरु विस्थापित हुँदै जाँदा पनि सरकार मौन रहेको उनीहरुको बुझाइ छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले प्रयोजनविपरीतका सवारी साधनले यात्रु ओसारपसार गरिरहँदा पनि सरकार मौन रहेको बताए ।

आफूहरुको मागका विषयमा गत माघ १७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दश बुँदे मागपत्र पेश गर्दै १५ दिने अल्टिमेटम दिएको र फागुन २ गतेसम्म आफूहरुको माग पुरा नभए निर्णायक आन्दोलन गर्ने उनीहरुको भनाइ छ ।

ट्रेड युनियन संघहरु, यातायात स्वरोजगार तथा व्यवसायीहरु आफ्ना सम्पूर्ण सेवाहरु रोकेर, सडकमा प्रदर्शन गरेर आन्दोलन गर्ने यातायात श्रमिक संगठनले जनाएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ६ : १६ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा