भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता « Khabarhub

भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता भएका छन् । भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा बिहीबार दिउँसो साढे एक बजेको समयमा दुई जना बगेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा डोल्पाको ठूलीभेरी नगरपालिका घर भई हाल भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा दिदीको घरमा बस्दै आएका २२ वर्षीय मकर रोकाया र सोही ठाउँका २१ वर्षीय बिबी रोकाय रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनीहरुको खोजीका लागि अस्थायी प्रहरी पोष्ट जहरे, ईलाका प्रहरी कार्यालय छिन्चु र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चिप्लेबाट करीब १३ जनाको प्रहरी टोली खटिएको छ । बेपत्ता भएको दुबै जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतकी प्रहरी निरीक्षक झरना सोनारले जानकारी दिइन् ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ६ : ५७ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी