सुमेरु क्षेत्रमा टाइटेनियम उत्खनन् गर्न चीनले रुसलाई सघाउने « Khabarhub

सुमेरु क्षेत्रमा टाइटेनियम उत्खनन् गर्न चीनले रुसलाई सघाउने


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले रुसलाई टाइटेनियम उत्खननका लागि सहयोग गर्ने भएको छ । यसका लागि खनिजसम्बन्धी चीनको सरकारी कम्पनी र रुसी अधिकारीबीच छलफल चलिरहेको बताइएको छ ।

उत्तरी ध्रुव वरिपरी सुमेरु वृत्तमा पर्ने रुसको कोमी गणतन्त्रमा रहेको पिझेम्स्कोए टाइटेनियम र क्वार्ज सञ्चितीको उत्खनन् गर्न रुसले चीनसँग सहयोग मागेको हो ।

‘रुसी महासंघको सुमेरु क्षेत्रमा विकास र सन् २०३५ सम्म राष्ट्रिय सुरक्षा प्रबन्ध’ रणनीतिअनुसार सो क्षेत्रमा टाइटेनियम उत्खनन् गर्न लागिएको हो ।

यस रणनीतिलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२० को अक्टोबर मा स्वीकृत गरेका थिए । रुसी र चिनियाँ प्रतिनिधिबीच सुमेरु क्षेत्रमा उत्खनन् गरिने टाइटेनियम, फलाम र क्वार्जको धाउ चीन निर्यात गर्ने विषयमा समेत छलफल भएको थियो ।

विश्वको प्रमुख टाइटेनियम उत्पादनकर्ता भएपनि चीनले ठूलो परिमाणमा विदेशबाट आयात गर्दै आएको छ । रुसले पनि आफ्नो मागको ठूलो हिस्सा विदेशबाट आयात गर्दै आएको छ । रुसले युक्रेनबाट समेत कच्चा टाइटेनियम आयात गर्ने गरेको बताइन्छ ।

टाइटेनियम धातु हवाई क्षेत्र, रक्षा, नौसैनिक, रसायन प्रशोधन र सवारी साधन उद्योगका लागि महत्वपूर्ण मानिन्छ ।

गत वर्ष रुसले युक्रेनमाथि आक्रमण गर्नुअघि सन् २०२६ सम्ममा रुस र अन्य मुलुकबाट लगानी जुटाएर पिझेम्स्कोए परियोजना अघि बढाउने रुसी योजना रहेको थियो । यद्यपि युक्रेनमा आक्रमण गरेसँगै विभिन्न मुलुकले प्रतिबन्ध लगाएपछि रुसले खनिज उत्खननका लागि चीनको सहयोग खोजेको हो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ९ : २४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल