दोधारा चाँदनीमा सुक्खा बन्दरगाह छिट्टै निर्माण हुन्छ : मन्त्री भण्डारी « Khabarhub

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह छिट्टै निर्माण हुन्छ : मन्त्री भण्डारी


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह छिट्टै निर्माण हुने बताएका छन् । आज कञ्चनपुरको बेलौरीमा औद्योगिक व्यापार मेला तथा बेलौरी पर्यटन महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले सुक्खा बन्दरगाह र सुदूरपश्चिममा रहेका औद्योगिक क्षेत्रको काम छिट्टै अगाडि बढ्ने बताएका हुन् ।

“सुदूरपश्चिमको विकासको ढोका खुल्ने सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्रको काम अगाडि बढाउन प्रधानमन्त्रीज्यू स्थलगत अवलोकनमा आउँदै हुनुहुन्छ”, मन्त्री भण्डारीले भने, “यहाँ उत्पादन गरेको वस्तु छिमेकी मुलुक भारतमा बिक्री गर्ने बाटो खोल्ने गरी काम अगाडि बढाउँछौँ ।” उनले सुदूरपश्चिममा रहेका खानीको उत्खननका लागि पनि सम्भाव्यता अध्ययन गर्ने बताए ।

“नेपाल भारत पारवहनको विषयमा पहल गरिरहेका छौँ”, उनले भने , “दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भए नेपालमा उत्पादित वस्तु निर्यात र बाह्य मुलुकबाट आयातका लागि सहज हुनेछ ।” उनले बेलौरीमा रहेको भन्सार सञ्चालनमा ल्याउनसमेत पहल गर्ने बताए ।

बेलौरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष टेकबहादुर साउदले दक्षिणी क्षेत्रको आर्थिक, कृषि, औद्योगिक विकासका लागि महोत्सव आयोजना गरेको बताए । “कोरोना महामारीका कारण थलिएको व्यापार व्यवसाय मेलाले चलायमना हुने अपेक्षा राखेका छौँ”, उनले भने, “यो महोत्सवले स्थानीय उत्पादन प्रवद्र्धनमा सहयोग पुग्ने छ ।” महोत्सवमा एक सय स्टलमा विभिन्न व्यावसायिक तथा कृषिउपजका सामग्री राखिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ९ : ३३ बजे

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको

भारी वर्षाको जोखिमपछि हेटौंडा–काठमाडौं रात्रिकालीन सवारी बन्द

हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी

शैलुङका अवैध घरटहरा हटाउन १५ दिने अल्टिमेटम

दोलखा- शैलुङ गाउँपालिकाले शैलुङ डाँडा तथा आसपासका क्षेत्रमा अनुमति बिना

आजका समाचार : एएफयू जग्गा विवाद समाधानमा सरकारको पहल, वर्षाको जोखिम बढेपछि ट्राभल अलर्ट जारीर, कुवेतको पूर्वाधारमा इरानको आक्रमण

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमानेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको