सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले आज शपथ लिँदै « Khabarhub

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले आज शपथ लिँदै


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजना हुने विशेष समारोहबीच मुख्यमन्त्री शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको शाहको सचियवालयका प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।

शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा, १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । २७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । उनले राजीनामा बुझाएलगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री शाहले आज सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेसबाट एक र नेकपा (एकीकृत समाजवादी) बाट एक गरेर दुईजना मन्त्री नियुक्त गर्ने गरी छलफल भइरहेको मुख्यमन्त्री शाहले बताए । तर ककसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल भइरहेको छ भने मन्त्रीको नाम टुङ्गो लाग्न बाँकी छ ।

मुख्यमन्त्री शाहले एक महिनाभित्र आफूले विश्वासको मत प्रदेशसभाबाट प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले भने, “मैले एक महिनाभित्र विश्वासको मत लिन्छु । यो दल त्यो दलभन्दा पनि हामी सबैलाई मिलाएर अगाडि बढ्छौँ ।”

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  २ : २२ बजे

आविष्कार केन्द्रको कोदो झार्ने मेसिनको प्रचार गर्दै शिक्षामन्त्री पुन !

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले सिंहदरबारमा बसेर राष्ट्रिय आविष्कार केन्द्रले

बाबुराम, जनार्दन र सन्तोष एकैठाउँ, आज पार्टी घोषणा

काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र रास्वपाबाट बाहिरिएका

चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु

चितवन– चितवनमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द 

म्याग्दी– प्रदेश सरकारले समयमा चिकित्सकका व्यवस्थापनमा ध्यान नदिँदा जिल्ला सदरमुकाममा

कुुखुराको अण्डाको मूल्यमा भारी वृद्धि

चितवन– नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्यमा भारी वृद्धि गरेको