विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौंमा सुरू | Khabarhub Khabarhub

विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौंमा सुरू


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौंमा सुरू भएको छ । लामो समयदेखि छिन्नभिन्न अवस्थामा रहेको सो पार्टीको प्रथम महाधिवेशन आजबाट सुरू भएको हो ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेशनमा नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका छन् । तीनै जनाले भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन् ।

पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको विवेकशीलले महाधिवेसनमा दाहालले राजनीतिक दस्तावेज पेस गर्नेछन् भने प्रस्तावित विधान भने रमेश पौडेलले पेस गर्ने पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए ।

उनका अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना प्रतिनिधि सहभागी छन् ।

शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महाधिवेशनपछि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गरनेछ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ३ : ०९ बजे

श्रीमतीको हत्या अभियोगमा पक्राउ

पर्सा– श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–४

सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न

मेची भन्सारबाट १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा

कल्भर्ट निर्माणले झोलुङ्गे पुल विस्थापित

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा झोलुङ्गे पुलको विकल्पमा कल्भर्ट निर्माण गरिएको

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ । बैठक