‘अर्थतन्त्र रेडजोनमा परेको घण्टी बजाउने बेला भइसक्यो’ « Khabarhub

‘अर्थतन्त्र रेडजोनमा परेको घण्टी बजाउने बेला भइसक्यो’


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अर्थविद् डा.रवीन्द्र पाण्डेयले आम्दानी नभई खाली आर्थिक वृद्धिको मात्रै कुरा गर्ने प्रवृत्ति घातक रहेको टिप्पणी गरेका छन् । खबरहबले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थविद् डा.पाण्डेयले पहिले आम्दानी बढाएर मात्रै आर्थिक वृद्धिको कुरा गर्न आवश्यक भएको बताएका हुन् ।

पछिल्लो समय राजनीतिक दलका नेताहरु केवल आर्थिक वृद्धिको मात्रै कुरा गरेर आम्दानी बढाउने विषयमा पन्छिदै गएको पनि उनको भनाई छ । रेमिट्यान्सले गर्दा अर्थतन्त्र धानिएको अवस्था भएपनि स्वदेशमै रोजगारी बढाउने र विदेशिएका नेपालीलाई देशमै रोक्ने खास रणनीति आर्थिक र राजनीतिक क्षेत्रका व्यक्तिमा नभएको उनले बताए ।

यसअघि ठूला देशका मानिसहरु पनि वैदेशिक रोजगारीमा जाने गरेको तथ्य रहेको भन्दै उनले सीमित समयका लागि वैदेशिक रोजगारीले रेमिट्यान्स बढाएपनि देशमै रोजगारी सिर्जना गरेपछि मात्रै अर्थतन्त्र सुधार हुने बताए ।

आयात लगातार बढ्ने र निर्यात नहुने समस्याले गर्दा पनि अर्थतन्त्र समस्या जटिल बनेको डा.पाण्डेयको भनाई छ । पूर्ववक्ता डा.चन्द्रमणि अधिकारीले नेपाली अर्थतन्त्र ‘रेडजोन’मा रहेको विषयमा टिप्पणी गर्दै अर्थविद् पाण्डेयले नेपाली अर्थतन्त्र रेडजोनमा परिसकेको अवस्था नभई रेडजोनमा पर्न लागेको भन्दै घण्टी बजाउने बेला भइसकेको बताए ।

रोजगारी सिर्जना गरेर उत्पादन बढाउने र त्यसबाट आउने पैँसाले मात्रै आर्थिक वृद्धि हुन सक्ने भन्दै राजनीतिक भाषण छाडेर व्यावहारिक अर्थतन्त्रलाई मूल मुद्दा बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ४ : ३३ बजे

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।