ठूला नेता लोकप्रियताको गीत गाउन मस्त छन्, समस्या समाधानमा चिन्तित छैनन् : कमल थापा « Khabarhub

ठूला नेता लोकप्रियताको गीत गाउन मस्त छन्, समस्या समाधानमा चिन्तित छैनन् : कमल थापा


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्य संचालकहरु के भन्दा ताली आउँछ भनेर सस्तो कुराको पछि लाग्नेभन्दा मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

आज पार्टीको भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले भने, ‘मुलुकमा भ्रष्टाचार, आर्थिक संकट, विदेशी प्रभाव, बेरोजगारी, कुशासन, धर्म परिवर्तनसँगै राष्ट्रियता माथी पनि गम्भीर प्रश्न चिन्ह खडा भइरहेको छ, तर ठूला भनिने नेताहरु सस्तो लोकप्रियताको गीत गाउन मात्रै मस्त छन्, देशको समस्या समाधानमा चिन्तित छैनन्, जुन बिडम्बना हो ।’

अहिले राजनीतिक स्टन्टमा रमाउने बेला नभएको भन्दै थापाले मिहिन ढंगले मुलुकको जल्दोबल्दो समस्या समाधान गर्नुपर्ने बताए । अहिले वाद, सिद्धान्तको विवाद गर्ने बेला नभएको भन्दै उनले राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको रक्षा र आर्थिक समृद्धि महत्वपूर्ण विषय भएको टिप्पणी गरे । राप्रपा नेपाललाई फेरि उठाउने सन्दर्भमा उनले सबै जनवर्गीय संगठनले छ महिने योजना र कार्यक्रम ल्याउन निर्देशन समेत दिए ।

कार्यक्रममा महामन्त्रीत्रय भाष्कर भद्रा, सुशील श्रेष्ठ ,राजाराम बर्तौला र प्रवक्ता बसन्तमान सिंह अधिकारीले अब पार्टी जनता केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए । जनवर्गीय संगठनका प्रमुखहरुले संगठनको अवस्था र भावी कार्यक्रमबारे बैठकलाई जानकारी गराएका थिए ।

 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ६ : ३३ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग