राष्ट्रपति भण्डारीको सवारीमा खटिएका प्रहरीले लाठी हान्दा ट्रमा सेन्टरका चिकित्सक घाइते « Khabarhub

राष्ट्रपति भण्डारीको सवारीमा खटिएका प्रहरीले लाठी हान्दा ट्रमा सेन्टरका चिकित्सक घाइते


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका एक जना चिकित्सक घाइते भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा खटिएका प्रहरीले लाठीले हिर्काउँदा ट्रमा सेन्टरका चिकित्सक जनितलाल सिंह घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ ।

संसदको संयुक्त बैठकलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पतालबाहिर हिँडिरहेका सिंहलाई प्रहरीले लाठीले हिर्काएको बताइएको छ ।

घटनापछि चिकित्सकहरु आक्रोशित भएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ७ : ३९ बजे

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।